पुनः कोरोना बढन थालेको भन्दै प्रदेश स्काउटद्वार मास्क वितरण
केन्द्रिय सदस्य यादवले पनि माईकबाट सर्वसाधरणलाई कोरोनाबाट जोगिन विशेष ध्यान दिन सजगता अपनाउनु आग्रह गरेको छ ।

२०७८ असार २६ शनिबार, बिहान ११:४३ बजे१ मिनेट पढाइ

उमेश यादव, सिरहा । नेपाल स्काउट प्रदेश २ ले सिरहामा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । सिरहा सदरमुकामको क्याम्पस चौकमा नेपाल स्काउटका प्रदेश सदस्य दिनेश यादवको उपस्थितीमा मास्क वितरण गरी जनचेतना जगाउने कार्य भएको छ ।
सडक हिड्ने पैदलयात्री, साईकल, मोटरसाईक, म्याजिक लगायतका सवारीसाधनमा मास्क नलाएकालाई निःशुल्क रुपमा मास्क वितरण गरिएको छ ।
केन्द्रिय सदस्य यादवको अपस्थितीमा युवाहरुको सर्वसाधारणलाई कोरोना भाईरससँग सजग रह्न मास्क अनिवार्य लगाउन, समाजिक दुरी कायम राख्न, र सेनिटाईजर वा साबुन पानीले नियमित रुपमा हातधुने काम गर्नुपर्ने जस्ता जनचेतना जगाउने काम गरेको छ ।
केन्द्रिय सदस्य यादवले पनि माईकबाट सर्वसाधरणलाई कोरोनाबाट जोगिन विशेष ध्यान दिन सजगता अपनाउनु आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…