विपदसँग जुध्न सशस्त्र प्रहरीलाई कमला नगरपालिकाको सुरक्षा समाग्री
सो कार्यक्रममा कमला नगरपालिकाका जिन्सी शाखाका जुगलकिशोर यादव, उपमेयर शिला देवी मण्डल, वडाध्यक्ष धर्मनाथ मण्डल सहित स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

२०७८ असार २२ मंगलबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सँभावित बाढी पहिरोसँग जुध्नको लागि तथा नागरिक उद्धारको लागि कमला नगरपालिकाले सुरक्षाकर्मीहरुलाई सुरक्षा समाग्रीहरु प्रदान गरेको छ ।
शसस्त्र प्रहरी बल दुबरकोट हथलेटबालाई कमला नगरपालिकाले १ रबरको बोट सहित अन्य सुरक्षा समाग्रीहरु उपलब्ध गराएको हो । कमला नदी किनारका नागरिकलाई उद्धार गर्न सो समाग्री उपलब्ध गराएको हो ।
मँगलबार कमला नगरपालिका वडा नं. ९ दुबरकोट हथलेटवास्थित रहेको सशस्त्र बेश क्याम्पमा एक कार्यक्रमबीच विभिन्न सुरक्षा समाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले शसस्त्र प्रहरीलाई विशेष कार्यक्रम गरी १ वटा रबर बोट, ८ वटा लाईफ ज्याकेट, ८ वटा गम बुट, २ वटा थ्रो ब्याग, २ वटा लाईफ बोया रिँग, १०० मिटर रेस्क्यू डोरी, ७ वटा प्याडल पर बोट, ८ वटा सेफ्टी हेल्मेट, ४ वटा क्याराबिर, १ वटा फुट पम्प र ५ वटा टेन्ट हस्तान्तरण गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका एसपीहरुको विशेष उपस्थितिमा सो सुरक्षा समाग्रीहरु हस्तान्तरण गरिएको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले जानकारी दिए ।
सशस्त्र बेस क्याम्प दुरबरकोट हथलेटबाका प्रमुखलाई सुरक्षा समाग्री हस्तान्तरण गर्दै धनुषाका सिडिओ बन्धु प्रसाद बास्तोलाले कमला नदी किनारमा देखिएको बाढीको समस्या निराकरणको लागि पहल थालिएको बताए । उनले यस सुरक्षा समाग्रीबाट तत्काल बाढीबाट नागरिकलाई सुरक्षित गर्न हतियार भएको बताए ।
सो कार्यक्रममा कमला नगरपालिकाका जिन्सी शाखाका जुगलकिशोर यादव, उपमेयर शिला देवी मण्डल, वडाध्यक्ष धर्मनाथ मण्डल सहित स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…