पूर्व गाविस प्रधान महतो रहेनन्, मेयर मण्डलद्धारा दुःख व्यक्त
सो संस्कारमा स्थानीय लगायत काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेका थिए।

२०७८ असार २१ सोमबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने पूर्व उमाप्रेमपुर गाविसका प्रधानपँच (गाविस अध्यक्ष) गंगाई महतोको मृत्यू भएको छ ।
उनी नेपाली काङ्ग्रेस पार्टीबाट २०५४ सालमा प्रधानपंचमा निर्वाचित भएका थिए । स्थानीयको मनजितन सफल रहेका नेताको रुपमा परिचित महतोको मृत्यूपछि धनुषाधाम नगरपालिकामा काङ्ग्रेसको एक पिल्लर ढलेको बताइएको छ ।
धनुषाधाम नगरपालिकामा सो क्षेत्रको लागि चिरपरिचीत पूर्व प्रधानपँचको रुपमा रहेका महतोको असमायिक निधनप्रति धनुषाधाम नगरपालिकाका मेयर एवम् नेपाली काँग्रेसका नेता बालेश्वर मण्डलले दुःख प्रकट गरेका छन् ।
महतोको सोमबार नै हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो । नेपाली काङ्ग्रेस पार्टीको झण्डा ओढाई सम्मान सहित दाह संस्कार गरिएको वडा अध्यक्ष इन्द्रकुमार महतोले बताए ।
कुर्शीमा बसिरहेको बेला बेहोस भएर ढलेपछि उनको मृत्यू भएको बताइएको छ । सो संस्कारमा स्थानीय लगायत काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…