कमला नदीमा बहाब र कटान बढयो, यी क्षेत्रहरुका बासिन्दामा त्रास
धनुषाको किरतपुरस्थित बाँधको नजिक कटान आउन थालेको बताइएको छ ।

२०७८ असार १९ शनिबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने ठुलो नदी मानिएको कमला नदीमा पानीको बहाब र कटान समेत बढन थालेपछि स्थानीयहरुमा चिन्ता छाएको छ ।
कमला आसपासका क्षेत्रका बासिन्दाहरुमा पानीको सतहको साथै बाँध समेत कटान गर्न थालेपछि त्रास बढेको हो । धनुषाको किरतपुरस्थित बाँधको नजिक कटान आउन थालेको बताइएको छ ।
कमला नदीमा पानीको बहाब बढनुको साथै सबैला नगरपालिकाको ढोलबज्जा र किरतपुरस्थित बाँधको नजिक कटानी आउन थालेपछि स्थानीयहरुमा त्रास बढेको छ ।
सो सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सो क्षेत्रमा स्थानीय प्रशासनले नीरिक्षण अनुगमन समेत गरेको बताउँदै त्यहाँ बाँधको अवस्था नाजुक रहेको सँकेत गरे ।
उनले यसको लागि तत्कालै केही नहुने भन्दै बाँधलाई झन मजबुत बनाउनको लागि बोरामा बालुवा हालेर, ढुँगा हालेर तत्काल पानी रोक्ने कार्य गरिने बताए । उनले सुरक्षाकर्मी परिचालन गरेर सो ठाउँमा प्रशासनले बाँध फुटनबाट जोगाउन प्रयास थालेको बताए ।
धनुषाको सबैला नगरपालिका वडा नं. १३ किरतपुर र ढोलबज्जको बीचमै बाँधको अवस्था नाजक हुन थालेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…