१९ ग्राम ब्राउन सुगरसहित एक भारतीय सिरहाबाट पक्राउ
ब्राउन सुगर सहित छिमेकी मुलुक भारत, जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्तालाई समेत पक्राउ गरिएको हो ।

२०७८ असार १९ शनिबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले ब्राउनसुगर सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहा मातहतको इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटेको प्रहरी टोली र सशस्त्र प्रहरीको सँयुक्त टोलीले चेकजाँगको क्रममा भारतीय नागरिकको साथबाट १९ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।
शुक्रबार करिब ३ः३० बजेको समयमा बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ हाँसफारम र सशस्त्र प्रहरी बल बिओपी नजिकैबाट सेतो प्लासिष्टमा बेरिएको अवस्थामा बरामद गरेको हो ।
ब्राउन सुगर सहित छिमेकी मुलुक भारत, जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्तालाई समेत पक्राउ गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…