महिलाहरु अब निर्धक्क बोल्न सिक्दैछिन् : वडाध्यक्ष महतो
नेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।

२०७८ असार १७ बिहीबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले महिलाहरुले आफ्नो लागि आवाज उठाउन लागेकोप्रति खुसी व्यक्त गरे ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ मा सम्पन्न भएको नेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडाध्यक्ष महतोले महिलाहरुको सहभागीताले नै महिला शसक्तिकरणको एक पाईला अगाडी बढेको बताए ।
धनुषाधाम नगरपालिकाको आर्थिक सहयोग तथा समाजिक सँस्था त्रिनेत्र सेवा सँजालको आयोजनामा सम्पन्न भएको सो तालिममा सहभागी महिलाहरुले आफ्नो हक अधिकारको लागि बोल्न सक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी ६० जना महिलाहरुले अबदेखि पुरुष प्रधान भनिएको समाजमा महिलाहरुले आफ्नो हक अधिकारको लागि बोल्न सकेको सुनाईन् ।

आफ्नो अधिकारको लागि, अन्यायमा परेको बेला न्यायको लागि महिलाहरुले समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि सहभागी महिलाहरुले राखेकी थिइन् । उनीहरुले आफ्नो समुदायमा, टोलमा महिलाहरुको सहभागीता बढाउन पहल थाल्ने बताएकी थिइन् ।
नेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
कार्यक्रममा जनप्रतिनीधि, प्रशिक्षक, सहभागी महिला सहित सँचारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…