महिलाहरुको सहभागीता दिनानुदिन बढदैछ : वडाध्यक्ष यादव
सो क्रममा डा. सुनिल दाहा, डा. पँकज साह, अरुण मण्डल (एचए) लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अधिकारकर्मी, सँचारकर्मीहरुले पनि समापनमा सहभागिता जनाएका थिए ।

२०७८ असार १७ बिहीबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवले महिलाहरुको सहभागीता उत्साहजनक हुन थालेको बताएका छन् ।
कमला नगरपालिका वडा नम्बर १ मा शुक्रबार सम्पन्न पाँच दिने कोरोना भाइरसबाट बच्ने उपाय तथा अभिमुखिकरण तालिममा महिलाहरुको मोटो उपस्थितिले महिलाहरुको सहभागीताप्रति चासो बढदै गएको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै वडाध्यक्ष यादवले सहभागी महिलाहरुलाई प्रशिक्षणबाट पाएको तालिमलाई व्यवहामारमा लागू गर्न सके वडामा कोरोना महामारी धेरै हदसम्म न्यूनिकरण हुने दाबी पनि गरे ।
पाँच दिने तालिममा सिकाईका स्वास्थ्य मापदण्ड, सुरक्षा सतर्कता, बच्ने उपाय, सँक्रमणपछि अवस्था र औषधी उपचारको लागि घरमा पुरुषजन नभएको खण्डमा पनि सहजता हुने विश्वास व्यक्त गरे ।
समाजिक सँस्था त्रिनेत्र सेवा सँजालको आयोजना तथा कमला नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सम्पन्न भएको सो तालिम कार्यक्रममा वडाभरिबाट ६० जना महिलाले सहभागीता जनाएकी थिइन ।
तालिम कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुले सहभागीहरुलाई प्रशिक्षण दिएको थियो । सो क्रममा डा. सुनिल दाहा, डा. पँकज साह, अरुण मण्डल (एचए) लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा अधिकारकर्मी, सँचारकर्मीहरुले पनि समापनमा सहभागिता जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…