भोलीदेखि सार्वजनिक यातायात पनि खुल्यो
अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

२०७८ असार १४ सोमबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । कोरोनाको कारण करिब ३ महिनादेखि बन्द रहेको सार्वजनिक यातायातको सवारी साधन पनि काठमान्डौं उपत्यकामा चल्ने भएको छ ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए ।
ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ। निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन। निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोररबिजोर प्रणालीमा चलाउन दिइएको छ।
निषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
काठमान्डौं उपत्यका बाहेक अन्य जिल्लाहरुमा सार्वजनिक सवारी साधन चल्ने बारे कुनै निर्णय भने भएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…