जथाभावी एक्सरे वा सिटी स्क्यान नगरौं, यसले धेरै हानी गर्छ : रेडियोलोजिस्ट डा. साह
। उनले दीर्घरोगीहरुको लागि फ्लोअपमा आवश्यकता बमोजिम एक्सरे वा सिटी स्क्यान गर्नु स्वभाविक रहेको बताइन् ।

२०७८ असार १३ आइतबार, बिहान ९:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरकी रेडियोलोजिष्ट डा. सब्बु साहले आतिएर जथाभावी एक्सरे वा सिटि स्क्यान गर्दा दीर्घकालिन असर पर्ने गरेको बताएकी छन् ।
कोभिड–१९ को महामारीको बेला विभिन्न ठाउँमा देखिएको बेतिथि र विरामीको जथाभावी एक्सरे र सिटी स्क्यानले दीर्घको रोगको खतरा हुने गरेको बताइन् ।
उनले कोभिडको बेला समान्य ज्वरो, रुघाखोकीको लक्षण देखिएकै क्रममा तुरुन्त एक्सरे देखि लिएर सिटी स्क्यानसम्म गर्ने गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेकी छन् ।
उनले भनिन्,–“कोरोनाको लक्षण फोक्सोमा देखापर्न कम्तीमा पनि ५ देखि ७ दिनसम्म लाग्छ । ज्वरो, टाउको दुःखाई वा रुघाखोकी लाग्दा सबभन्दा पहिले एक्सरे नै गर्न आउने पूर्जा लिएर आउने गरेको देखे । यसले शरिरलाई धेरै हानी गर्छ ।”
कुनै लक्षण सुरुको ४ दिनसम्म नदेखिन पनि सक्ने भएकोले तत्कालै एक्सरे वा सिटी स्क्यान गरी पैसाको फालतु खर्चका साथै कुनै ठोस परिणाम पनि नआउने गरेको उनले थपिन् । सुरुको ४ दिनसम्म कुनै दाग नदेखिएको खण्डमा विरामी ढुक्क भएर घर जाने गर्दा पनि अधिक समस्या आएको उनले बताइन् ।
पलमोनिक फेजपछि मात्र एक्सरे वा सिटी स्क्यानमा फोक्सोमा दाग देखिने भएकोले तुरुन्तै एक्सरे वा सिटी स्क्यानको कुनै मतलब नै नभएको उनले सुनाए ।
रेजियोलोस्टि डा. साहले फेजभन्दा अघि नै एक्सरे सिटी स्क्यान गर्दा सँक्रमण भएको दाग नदेखिन पनि सक्ने भएकोले हडबडाएर, आत्तिएर तुरुन्तै एक्सरे वा सीटी स्क्यान नगर्न आग्रह पनि गरेकी छन् ।
उनले जथाभावी एक्सरे वा सिटी स्क्यानले आँखाको ज्योतिमा असर, थाईरोइड, पुरुषको अण्डकोष, महिलाको प्रजनन क्षमतामा समेत दीर्घकालिन असर गर्ने गरेको उनले बताइन् ।
न्यूज ब्यूरोसँगको सँक्षीप्त कुराकानीमा डा. साहले मध्यमवर्गी र गरिबवर्गीय विरामीहरुले फजुल खर्च गर्ने गरेको बताइन् । उनले दीर्घरोगीहरुको लागि फ्लोअपमा आवश्यकता बमोजिम एक्सरे वा सिटी स्क्यान गर्नु स्वभाविक रहेको बताइन् ।
एक्सरे मेसिन र सिटी स्क्यानबाट निस्कने रेडिएसन (विकिरण) ले शरिरलाई धेरै हदसम्म हानी नोक्सानी गर्ने बताउँदै उनले आत्तिएर वा धेरै पटक बिना कारण एक्सरे सिटी स्क्यान नगर्न आग्रह गरिन् ।
“गरिब सर्वसाधारण त एक्सरे र सिटी स्क्यानमै झन खर्च तिर्नुपर्ने हुन्छ । अब केही जना लोभलालचमा नचाहिँदो अवस्थामा पनि एक्सरे वा सिटी स्क्यान नै गर्नुपर्ने भन्दै होलान, यसमा मेरो केही भन्नु छैन् ।”– उनले भनिन् ।
सिटी स्क्यान र एक्सरेमा विभिन्न क्लीनिक, हस्पिटलमा कार्यरत डाक्टरले ५० प्रतिशतसम्म कमिशन पाउने भएकोले गाउँघरबाट हस्पिटल आउने विरामीलाई कमिशनकै लोभमा नचाहिदो अवस्थामा पनि सिटी स्क्यान वा एक्सरे गराउनुपर्ने भन्दै सिफारिस गर्ने गरेको देखिएको छ ।
जनकपुरमा सिटी स्क्यान महँगो छ । डाक्टरले रकमकै लोभमा पनि आवश्यकता नभएको खण्डमा पनि एक्सरे, सिटी स्क्यान गराउनुपर्ने कृतिम बाध्यता सृजना गर्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…