जनकपुरको रामचोकको बाटो नै ठप्प, आवतजवात बन्द
धनश्याम मिश्र || जनकपुरधाम, २५ फागुन । जनकपुरधाम को रामचौकमा सर्वसाधरण र बटुवाहरुलाई आवतजवात मा समस्या देखिएको छ । जारी एकीकृत शहरी विकाश परियोजना को विकाश निर्माण को कार्य अंतर्गत नाला र बाटो निर्माण कार्य गर्दै गर्दा राम चौकमा भै रहेको कार्यका कारण बैकल्पिक बाटो तैयारी नै गरि निर्माण कार्य गर्दा ब

२०७४ फागुन २५ शुक्रबार, दिउँसो १२:४८ बजे१ मिनेट पढाइ

धनश्याम मिश्र ||
जनकपुरधाम, २५ फागुन । जनकपुरधाम को रामचौकमा सर्वसाधरण र बटुवाहरुलाई आवतजवात मा समस्या देखिएको छ ।
जारी एकीकृत शहरी विकाश परियोजना को विकाश निर्माण को कार्य अंतर्गत नाला र बाटो निर्माण कार्य गर्दै गर्दा राम चौकमा भै रहेको कार्यका कारण बैकल्पिक बाटो तैयारी नै गरि निर्माण कार्य गर्दा बाटो हिड्नेलाई आवतजवातमा समस्या देखिएको हो ।
निर्माण पक्ष को अदूरदर्शिता को कारण पूर्व सूचनाको अभावमा अति अनावश्यक यात्रुवाहक गाड़ी समेत जाममा परेको, सर्वासाधरणमलाई मार्का परेको स्थानीय लक्ष्मी साह बताउँछन् ।
जनकपुर मुख्य बाजार प्रवेश गर्ने प्रमुख मार्ग लाई चलाउदा निर्माण पक्ष ले अपनाउनु पर्ने मापदंड र सजगता फिटीकै न देखिएको युवा व्यापारी गंभीर को कथन रहेको छ ।
हवाई अड्डा, प्रदेश सभा, मुख्य सरकारी कार्यालय जाने बाटो र जनकपुरवाट बाहिर निस्किने प्रमुख सडकलाई बनाउँदा नियमावली अनुसार वैकल्पिक बाटोको ब्यवस्था गरिनु पर्ने थियो तर यहां भन्ने कसले कसलाई भनी प्रतिप्रश्न गर्छन नागरिक समाजका भरत राय ले भने ।
अनुगमन कारी निकाय को मुक़दर्शिता को ताजा नमूना राम चौकमा हेर्न मिलने व्यंग गर्छन महिलानेतृहरु ।
समयमा सरोकारबालाको ध्यान दिनु जरुरी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…