मिनी ट्रक र मोसा जुध्दा दुई युवक गम्भिर !
उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।

२०७८ असार १२ शनिबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मिनी ट्रक र मोटरसाईकल (मोसा) एक आपसमा जुधेपछि दुई युवक गम्भिर घाईते भएका छन् ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ४ सघाराचोक नजिकै मिनी ट्रक र मोटरसाईकज जुधेपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
धनुषाबाट सिरहातर्फ जाँदै गरेका ज. १ प. ९३६३ नम्वरको मोटरसाइकललाई सिरहाबाट जनकपुर तर्फ आउँदै गरेको ज. १ क. ३६३ नम्बरको मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा सिरहा बस्ने अन्दाजी बर्ष ३६ को राजु मेहस्तर र अन्दाजी बर्ष ३५ को फेकु मेहस्तर रहेका छन् । दुर्घटनापछि मिनि ट्रकका चालक फरार भएका छन् भने ट्रक प्रहरी चौकी बनरझुलामा राखिएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रबिन मैनालीले जानकारी दिए ।
घाईते दुवै जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…