मेयरलाई बिकास गर्न नदिएको भन्दै हजारौं सर्वसाधारण सडकमा
बुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।

२०७८ असार ९ बुधबार, बेलुकी ५:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको मौलापुरमा बुधबार स्थानियद्धारा नगर प्रमुखको पक्षमा प्रदर्शन गरिएको छ ।
हजारौ स्थानियले हसिया हतौडा अंकित झन्डासहित विकास विरोधी मुर्दावाद , मौलापुर नगरपालिका जिन्दावाद , नगर प्रमुख जिन्दावाद , प्रभु साह जिन्दावाद जस्ता चर्को नारासहित नगर परिक्रमा गरेका छन ।
मौलापुरमा भइरहेको विकासको लहरले विपक्षहरु अत्तालिएर नगर प्रमुख विरुद्ध आरोप प्रत्यारोप लगाउने काम भइरहेको स्थानियले बताए ।
मंगलबार मौलापुर नगरपालिकाका नगर प्रमुख बिरुद्ध बिरोध प्रर्दशन भएको थियो । मौलापुर नगरपालिकामा ब्यापक अनियमिता भएको भन्दै नेपाली काग्रेस ,माओवादी ,माधव नेपाल समुह र उपेन्द्र यादव समुहले बिरोध प्रर्दशन गरेका थिए ।
बुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…