आन्तरिक र इन्टरनेश्नल हवाई उडान खुल्ला गर्ने निर्णय, उडानको तालिका आज सार्वजनिक हुने
काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

२०७८ असार ९ बुधबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।
बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।
अब काठमाडौंदोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।
काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक(एक उडान हुने गरि खुलेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…