बजेट वक्तव्य अनुसारको परिश्रमिक पाउनुपर्ने माग
सबैले सम्मानजनक तलब पाउनुपर्ने, कोही श्रमशोषणको सिकार नहोस भने पक्षमा हामी रहेका छौ। तर सरकरले निर्णय गर्ने बित्तिकै नगरपालिकाले तलब खुवाउन सक्ने सम्भव नरहेको बताए ।

२०७८ असार ८ मंगलबार, दिउँसो २:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा नेपाल शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी नगरसमितिको संयुक्त पहलमा नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत बालविकास तथा नेपाल शिक्षक कर्मचारीहरुले तिन बुँदे माग राख्दै स्थानिय निकायलाई ज्ञापनपत्र बुझाएको छ ।
संघिय सरकारको बजेट वक्तव्य अनुसारको न्यूनतम परिश्रमिक पाउनुपर्ने, स्थानिय निकायले गतबर्ष प्रदान गरेको प्रोत्साहन भत्तालाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिनुपर्ने र स्थानिय सरकारद्वारा नगरपालिकामा कार्यरत कर्मचारीलाई उपलब्ध गराईएका थप सेवा सुविधा सामुदायिक विद्यालयमा कार्यरत प्र।अ, शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत उपलब्ध गराउनुपर्ने माग राख्दै गोडैता नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादव र मेयर देवेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
श्रम तथा परिश्रमिक सम्बन्धि नेपाल सरकारको प्रतिबद्वतता र आर्थिक बर्ष २०७८/०७९ को बजेट वक्तव्यमा मार्फत बालविकास शिक्षक, विद्यालय कर्मचारीहरुको न्यूनतम परिश्रमिक १५ हजार तोकेकोमा ८ हजार संघिय सरकार र ७ हजार स्थानिय तहबाट व्यवस्था हुने भने कुरामा कतिपय समाजिक संजालमा सो व्यवस्थामा आशंका उब्जिएको अवस्थामा गोडैता नगरपरिषदबाट सम्बोधन हुने ठूलो अभिलाषाको साथ विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको संयूक्त बैठकको निर्णय बमोजिम ज्ञापनपत्र बुझाएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
शिक्षा क्षेत्रमा बर्षोदेखि कर्मचारी श्रमशोषणको सिकार हुदै आएको छ । तलब थोरै भएका कारण विद्यालयमा कार्यरत कर्मचारीको अवस्था दयनिय र नाजुक हुदै गएका छन, भने तलब बारे खुलेर बोल्न समेत लाजमान्नु पर्ने स्थिति रहेको नेपाल शिक्षक महासंघका गोडैताको अध्यक्ष मनोज कुमार यादव ले बताए ।
नरपालिकामा कार्यरत कर्मचारीलाई संघिय सरकारबाट प्राप्त तलबको २० ५ थप गरी तलब प्रदान गरिरहेका छन, भने थप सेवा सुविधा प्रदान गरिरहेका छन । तर समाजमा शिक्षाको उज्यालो छर्ने शिक्षक नगरपालिकाको कर्मचारी भित्र नपर्नु दुर्भाग्य रहेको छन ।
संघिय सरकार र स्थािनय सरकार गरी दुवै तहको सरकारबाट शिक्षकहरु विभेद र शोषण हुदै आएको बताउदै वडामा एक लाख कम विकास बजेट राखेर भएपनि स्थानिय निकायले शिक्षकहरुको तलब खुवाउनुपर्ने बताए ।
अर्थ मन्त्रालयले जारी गरेको परिपत्रमा पनि बालविकास र विद्यालय कर्मचारीलाई स्थानिय निकायले तलब खुनाउनुपर्ने उल्लेख गरिएकोले स्थानिय सकारले हाम्रो माग सम्बोधन गरेन भने अगामी दिनहरुमा बैठक बसी थप दबाबमूलक कार्यक्रम गरिने बताए ।
बालविकास र विद्यालय कर्मचारीको तलब स्थानिय सरकारले खुवाउनुपर्ने संघिय निर्णयको नरपालिका संघले विरोध गरिरहेको गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादव ले बताए । सबै शिक्षकहरुको तलब संघिय सरकारले दिईरहेको अवस्थामा बालविकास र विद्यालयको कर्मचारीको तलब नगरपालिकाले कसरी दिने, केन्द्र सरकारले तलब दिनुपर्ने मेयर यादवले बताए ।
सबैले सम्मानजनक तलब पाउनुपर्ने, कोही श्रमशोषणको सिकार नहोस भने पक्षमा हामी रहेका छौ। तर सरकरले निर्णय गर्ने बित्तिकै नगरपालिकाले तलब खुवाउन सक्ने सम्भव नरहेको बताए ।
नगरपालिकाको आन्तरिक आयस्रोत न्यून रहेका छन, नगरमा कार्यरत १७ कार्यलय सहयोगी र २ वटा नगरप्रहरीको तलब समेत खुवाउन समेत धौधो परिरहेका छन । यद्यपि छलफलका लागि हामी नगरपरिषद मा राखेका छौ, नगरपरिषदको निर्णय अन्तिम निर्णय हुने मेयर यादव ले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…