३५ किलो बाख्रोको मासूसहित दुई जना पक्राउ
उपभोक्ताको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

२०७८ असार ७ सोमबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहटमा खँसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार करिब २ बजेको समयमा रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित बजारमा खँसीको मासु भन्दै बाख्राको मासू बेच्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ३ वस्ने वर्ष २४ को लाल महमम्द र सोही ठाउँ बस्ने वर्ष ३० को महमम्द नसिवलाई करिब ३५ किलो बाख्रोको मासु सहित पक्राउ परेका हुन् ।
उनीहरु खँसीको मासू भन्दै उपभोक्तालाई बाख्रोको मासु बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…