धनुषाको पनि सिडिओ अफिस खुल्यो, आलोपालो सिस्टममा सेवा दिने निर्णय
तोकिएको सो दिनहरुमासक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने जनाएको छ ।

२०७८ असार ७ सोमबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) पर्सी बुधबारदेखि खुल्ने भएको छ ।
कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आलोपालो सिस्टममा सेवा प्रवाह गर्ने भएको छ । चैत्तदेखि नै बन्द भएको सिडिओ अफिस झण्डै ३ महिनापछि खोल्ने निर्णय गरिएको हो ।
कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई स्वास्थ्य मापदण्डको पालना गर्दै सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको हो ।
्
निर्ण अनुसार, आईतबार सबैला, नगराईन र गणेशमान चारनाथ नगरपालिका, सोमबार मिथिलाबिहारी, क्षीरेश्वरनाथ र धनुषाधाम नगरपालिका, मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र जनकनन्दनी गाउँपालिका, बुधबार लीमीनिया गाउँपालिका, हंसपुर नगरपालिका र बटेश्वर गाउँपालिका, बिहीबार औरही गाउँपालिका, शहीदनगर नगरपालिका, विदेह नगरपालिका र धनौजी गाउँपालिका तथा शुक्रबार जनकपुरधाम उपमहानगरपालिका र कमला नगरपालिकाका सेवाग्राहीहरुलाई सेवा दिने भएको छ ।
तोकिएको सो दिनहरुमासक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र राहदानी वितरण गर्ने जनाएको छ ।
त्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता र नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका–छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए ।
सेवा प्रवाहको ढाँचा असार ९ गते बुधबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…