सिरहा युवा संजालको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न (फोटो फिचर)
बिनय यादव, सिरहा, २५ फागुन । सिरहाका युवाहरू द्वारा गठित सिरहा युवा संजालको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सिरहाको नरहा गाउँपालिकामा अवस्थित श्री जनता बनवाली उमावि बर्छवाको प्राङ्गणमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा टाइम्स स्कुल मिर्चैया प्रथम, श्री जनता बनवाली उमाव

२०७४ फागुन २५ शुक्रबार, बिहान ९:०९ बजे३ मिनेट पढाइ

बिनय यादव, सिरहा, २५ फागुन । सिरहाका युवाहरू द्वारा गठित सिरहा युवा संजालको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सिरहाको नरहा गाउँपालिकामा अवस्थित श्री जनता बनवाली उमावि बर्छवाको प्राङ्गणमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा टाइम्स स्कुल मिर्चैया प्रथम, श्री जनता बनवाली उमावि बर्छवा द्वितीय, पोलर स्टार इङलिस बोर्डिङ स्कुल मिर्चैया तृतीय, रामजानकी विद्या मन्दिर मिर्चैया चौथो, श्री जनता उमावि चोहर्वा पाँचौ, बेबी एन्जल्स एकेडेमी लहान छैटौं र जे. एम. एकेडेमी सिरहा सातौं भएका छन् ।

प्रथम हुने टाइम्स स्कुलबाट सुमित पुर्वे, राखी शर्मा र जीवन भुजेल सहभागी रहेका थिए भने द्धितिय हुने श्री जनता बनवाली उमाविबाट अमीत कुमार यादव, दिपक कुमार सिंह र सरिता कुमारी यादव सहभागी थिए । त्यसैगरी तृतिय हुने पोलर स्टार इबो स्कुलबाट असलम राइन, संगिता साह र सुदिस महतो त्यस्तै चौथो हुने रामजानकी विद्या मन्दिरबाट नुर्जा खातुन, विबेक साह र सुशान्त साह, पाँचौ हुने श्री जनता उमावि चोहर्वाबाट मो. हेदर अली, चान्दनी महरा र बिजय राई थिए । त्यस्तै छैटौं हुने बेबी एन्जल्स एकेडेमीबाट उमा दास, सुदिप यादव र आराधना चौधरी र सातौं हुने जे. एम एकेडेमी सिरहाबाट पनि २ जना छात्र र एकजना छात्रा सहभागी रहेको आयोजक सिरहा युवा संजालका महासचिव संतोष यादवले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम भएका विद्यालयका सहभागी ३ जना छत्रछात्राहरुलाई कक्षा ११ र १२ पढ्नका लागि काठमाडौं स्थित ब्लु बर्ड कलेजमा १०० प्रतिशत छात्रवृत्ति, द्वितीय हुने विद्यालयका सहभागी ३ जना विद्यार्थीलाई ८० प्रतिशत छात्रवृत्ति, तृतीय हुने विद्यालयका सहभागी ३ जना विद्यार्थीलाई ६० प्रतिशत छात्रवृत्ति दिइएको छ भने चौथो भएका विद्यालय सहभागी ३ जना विद्यार्थीलाई जनकपुर स्थित पब्लिक युथ क्याम्पसमा १०० प्रतिशत छात्रवृत्ति दिइएको छ । त्यस्तै पाँचौ हुने विद्यालयका सहभागी ३ विद्यार्थीलाई सिटिईभिटी द्वारा मान्यता प्राप्त गोलबजार स्थित आरडिएस ईन्स्टिच्युटमा १८ महिने कोर्सका लागि ५० प्रतिशत छात्रवृत्ति, छैठौं हुने विद्यालयका सहभागी तीनजना विद्यार्थीलाई ३ महिने ब्रीज कोर्सका लागि १०० प्रतिशत छात्रवृत्ति र सातौं हुने विद्यालयका सहभागी ३ जना विद्यार्थीलाई गोलबजारकै आशिफ कम्प्युटर सेन्टरमा ३ महिने कम्प्युटर कोर्सका लागि १०० प्रतिशत छात्रवृत्ति दिइएको छ ।

सहभागी विद्यालयहरुलाई र बिजेता विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुहुँदै भु. पु. संचारमन्त्री तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले विद्यार्थीहरुको बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिताले थप मद्दत पुग्ने बताउँदै आयोजकलाई धन्यवाद ज्ञापन गरे ।


सिरहा युवा संजालले आगामी दिनमा समेत यस किसिमको प्रतियोगिताको आयोजना गर्ने संजालका अध्यक्ष नागेश्वर रायले बताउनुभयो ।

हाजिरी जवाफ प्रतियोगिताका लागि ब्लुबर्ड कलेज काठमाडौं, पब्लिक युथ क्याम्पस जनकपुर, आशिफ कम्प्युटर ईन्स्टिच्युट र आरडिएस ईन्स्टिच्युट गोलबजारले छात्रवृत्तिको सौजन्य तथा राय ब्रदर्स एण्ड सप्लायर्स गोलबजार, टाइम्स स्कुल मिर्चैया, अमन ज्वेलर्स गोलबजार र हेेेेल्प मधेसी कतार फाउन्डेसन एवम् सिरहाका स्थानीय शैक्षिक संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

सांसद यादवको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम ईश्वर यादव, व्यवस्थापन समितिका भ. पु. अध्यक्ष राजनारायण यादव, वर्तमान अध्यक्ष ज्ञानकुमार यादव, भु. पु. प्रअ पाण्डब यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादव, मानव अधिकार आयोग जनकपुर शाखाका अधिकृत दिप यादव, रेडक्रस उपशाखा बर्छवाका सभापति जोगिन्द्र यादव, संघीय समाजवादी फोरम नेपालकी नेत्री त्रिपूरा झा तथा अन्य सहभागी विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा जिल्लाभरीका जम्मा २० वटा विद्यालयको सहभागिता रहेको थियो ।


यता, सोही कार्यक्रममा त्रिनेत्र न्युज नेटवर्क द्वारा संचालित enewsbureau.com ले संचार जगतमा महत्त्वपूर्ण योगदान पुर्याइ रहेको भन्दै न्यूज ब्यूरोलाई सम्मान-पत्र प्रदान गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…