धनुषाको विदेह नगरपालिकासँग प्रत्यासी मेयर रोहिताले मागे ५ बुँदे सूचना
युवा नेता समेत रहेका रोहिताले सो सूचनाहरु एक तासाभित्रै उपलब्ध गराउन माग गरेका छन् ।

२०७८ असार ७ सोमबार, बिहान ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अनेरस्वीयूका केन्द्रीय सचिव एवम् विदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर रोहिता (यादव) ले नगरपालिकासँग ५ बुँदे सूचना माग गरेका छन् ।
आईतबार यादवले विदेह नगरपालिकाको कार्यालय पुगेर स्थानीय तह सँचालन भएदेखि हालसम्मको विभिन्न योजना र त्यसको प्रक्रियाहरुको बारेमा ५ बुँदे सूचना माग गरेका हुन् ।
विदेह नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव साहलाई निवेदन बुझाउँदै उनले ७ दिनभित्र सबै सूचनाको प्रमाणित प्रतिलीपि उपलब्ध गराईदिन माग गरेका छन् । उनले आर्थिक वर्ष २०७४–०७५ देखि २०७७– ०७८ सम्मकोबजेट, निती तथा कार्यक्रमहरुको प्रक्रियाको कागजहरुको प्रमाणित प्रतिलिपी माग गरेका छन् ।
सुरुदेखि हालसम्मको आर्थिक वर्षमा कुन कुन शिर्षकमा के कति खर्चको भएको र कुन कुन योजनाहरु सम्पन्न भएको प्रमाणित प्रतिलिपी, शिक्षा क्षेत्रमा गरिएको सम्पूर्ण नियुक्तीहरुको प्रमाणित प्रतिलिपी, हालसम्म स्वास्थ्य क्षेत्रमा भएको सम्पूर्ण खर्चको शिर्षक सहित गत वर्षदेखि अहिलेसम्म क्वारेन्टाइनमा भएको खर्च विवरणको प्रमाणित प्रतिलीपी, नगरपालिकाको आन्तरिक श्रोतबाट आएको आम्दानीको प्रमाणित प्रतिलिपी र वडा नम्बर १ देखि ९ सम्म शिक्षा, स्वस्थ्य, सँचार सहित अन्य विभिन्न क्षेत्रमा भएको खर्च शिर्षकको विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरेका छन् ।
युवा नेता समेत रहेका रोहिताले सो सूचनाहरु एक तासाभित्रै उपलब्ध गराउन माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…