धनुषाः जेसिबीपछि दिनदहाडै मिक्सर मेसिन चोरी
त्रिविजय कन्सट्रक्सनको नाममा केही महिना अगाडी मात्रै सो मेसिन किनेर ल्याएको सँचालक यादवले बताए ।

२०७८ असार ५ शनिबार, बिहान ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा केही महिनाअघि मात्र जेसिबी चोरी भएको घटना नसेलाउँदै मिक्सर मेसिन चोरी भएको छ ।
ढलानको लागि साइटमा राखिएको पहेलो रँगको मिक्सर मेसिन चोरी भएको त्रिविजय कन्स्ट्रक्सन प्रा.लि.का सँचालक शँकर प्रसाद यादवले बताए । दिउँसै मिक्सर मेसिन कसैले उठाएर लगेको दुःखेसो पोखे ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ मटही टोलस्थित हुने ढलानको लागि तयारी अवस्थामा राखिएको मिक्सर मेसिन दिनदहाडै ट्याक्टरसँग जोडेर लग्दै गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।
गत असार २ गते दिउँसो करिब ५ बजेको समयमा मिक्सर चोरी भएको सँचालक यादवले बताए । उनका अनुसार, चालकको पहिचान जस्तै भएपनि अझै यकिन भने भइनसकेको बताए ।
उनले सिसिटिभी फुटेजमा स्वाराज ७३५ मोडेलको ट्रयाक्टरबाट मेसिन तानेर लगेको देखिएको छ । सिसिटिभीमा फुटेजको गुणस्तरियता कम भएकोले ट्रयाक्टरको नम्बर प्रष्ट नभएको बताइन्छ । नम्बर प्रष्ट नभएपछि प्रहरीमा उजुरी भएको बताइएको छ ।
त्रिविजय कन्सट्रक्सनको नाममा केही महिना अगाडी मात्रै सो मेसिन किनेर ल्याएको सँचालक यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…