मन्त्री महतोकै गाउँपालिका स्वास्थ्य संस्थाहरुमा एक्सायर सेनिटाइजर
चन्द्रनगर गांउपालिकाका अध्यक्ष महेन्द्र महतो सुडी वर्तमान उप प्रधानमन्त्री राजेन्द्र महतो सुडीको जेठो दाई हुन ।

२०७८ असार ३ बिहीबार, बेलुकी ७:१६ बजे२ मिनेट पढाइ

न्युज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित पैसा कमिशनको लोभमा कोरोना महामारीको दोश्रो लहर चलि रहदा पनि चन्द्रनगर गांउपालिकाले आफना नागरिक र स्वास्थ्यकर्मीको ज्यानलाई उच्च जोखिममा राख्ने काम गरेको छ ।
गांउपालिकाले आफना मातहतका सात वटा स्वास्थ्य संस्थामा म्याद नाघी सकेका सेनिटाइजर आपुर्ति गरेको छ । मई २०२१ मा म्याद नाघ्ने मिती भएको ह्यान्ड एक्स नामक सेनिटाइजर चन्द्रनगर गाउँपालिकाले मातहतका चारवटा स्वास्थ्य चौकी, दुई वटा प्रसुति केन्द्र र तीन वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मई २०२१ महिनाको अन्तिम हप्तामा र जुन २०२१ को पहिलो हप्तामा वितरण गरेको छ ।
अहिले सोही म्याद नाघेको सेनिटाइजरको प्रयोग चन्द्रनगर गाउपालिकाका स्वास्थ्य संस्थाहरुमा भई रहेको छ । अनियमितता र भ्रष्टाचारमा लिप्त स्थानिय सरकार कोरोना महामारी दोश्रो लहरले आक्रान्त बनेको अवस्थामा अग्रपंकतीमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको ज्यानै संग खेलवाड गर्ने काम गरेको छ ।
कोरोना महामारीको दोश्रो लहरमा कोरोनाको कारणले चन्द्रनगर गांउपालिका भित्र युवा, वयस्क, वृद्ध, महिला तथा बालबालिकाहरु गरी हरेक उमेर मानिसहरु प्रभावित भएका छन, भने कतिले ज्यान नै गुमाउनुपरेको छ ।
गांउपालिका भित्र हाल सम्म दुई पटक मात्र स्वाव सकंलन भएको छ । पिसिआर परिक्षणको लागि चन्द्रनगर गांउपालिका वडा २ को बबरगंजमा गरिएको ४० जनाको स्वाव संकलनमा २८ जनाको कोरोना पोजिटिभ निस्किएको थियो ।

सोही वडा नम्बर २, बबरगंजका ३२ बर्षिय युवाको मृत्यू कोरोनाबाट नै भएको थियो । यस्तो विषम परिस्थितीमा गांउपालिका भित्र न त कुनै आइसोलेसन सेन्टर छ, न त पालिका भित्र अक्सिजनको व्यवस्था नै गरिएको छ ।
स्वास्थ्य संस्था तथा प्रसुति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुरक्षा सामाग्रीहरु जस्तै मास्क, फेसशिल्ड, ह्यान्ड ग्लोबस, पिपिई सेटको अभावमा आफनो र जनताको जीवनलाई खतरामा राखेर सेवा प्रदान गर्दैछन् ।
तर, चन्द्रगाउपलिकाले ती स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएका सेनिटाइजर पनि म्याद नाघेका दिएका छन् । चन्द्रनगर गांउपालिकाका अध्यक्ष महेन्द्र महतो सुडी वर्तमान उप प्रधानमन्त्री राजेन्द्र महतो सुडीको जेठो दाई हुन ।
साथै प्रदेश २ को प्रदेश सभा सदस्य उपेन्द्र महतो सुडीको बुबा हुन गाँपा अध्यक्ष महेन्द्र महतो सुडी । देशको उप प्रधानमन्त्री, प्रदेश २ प्रदेश सभाका विधायक र चन्द्रनगर गांउपालिकाका अध्यक्ष समेत रहेका गाउपालिकाबाट मातहतका स्वास्थ्य संस्थामा म्याद नाघेका सेनिटाइजर आपुर्तिले थप स्वास्थ्य समस्या हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…