ब्यारेजमा पानीको लेभल खतराभन्दा माथि, बज्यो खतराको घण्टी
जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

२०७८ असार २ बुधबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो ।
अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले बताए ।
ब्यारेज जीर्ण भएका कारण ४ लाख कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बी ग्याब बाँध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उनले जानकारी दिए ।
पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । पानीको सतहसँगै जोखिम बढेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । यसैबीच गण्डक ब्यारेज र अन्य खोला कारण डुबान हुन थालेपछि स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…