बाढीमा होटलको छत्तमै फँसे दुई युवक, उद्धारको लागि गुहार
उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।

२०७८ असार २ बुधबार, बिहान ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । मेलम्चीको होटल रोजको छतमा दुईजना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् ।
उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा हालसम्म्म सात जना बेपत्ता भएको पुष्टि भएको छ । तर, बेपत्ता हुनेको संख्या बढ्नसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । उनका अनुसार ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ ।
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थल जाँदैछ ।
रातिको समयमा बाढी आएका क्षती बढी भएको हो । पोखरेलका अनुसार अहिले पनि जोखिम कायम छ । नदिले ठूलठूला ढुङ्गा बगाइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…