जनकपुरको रत्नसागर मठका महन्थ उपर लाग्यो यस्तो आरोप
न्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । जनकपुरको प्रसिद्ध रत्नसागर मठको महन्थ वैकुण्ठदासले जनक हजारी विद्यापीठको जग्गा भुमाफियासंग बेच्ने प्रयास गरेको विद्यापीठ प्रमुख विजय चौधरीले आरोप लगाएका छन । जनक हजारी विद्यापीठ ९क्याम्पस० द्धारा आयोजित पत्रकार सम्मेलनमा दासले फर्जी कागजात तयार पारी मठको जग्गा ब

२०७४ फागुन २४ बिहीबार, राति १०:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २४ फागुन ।
जनकपुरको प्रसिद्ध रत्नसागर मठको महन्थ वैकुण्ठदासले जनक हजारी विद्यापीठको जग्गा भुमाफियासंग बेच्ने प्रयास गरेको विद्यापीठ प्रमुख विजय चौधरीले आरोप लगाएका छन ।
जनक हजारी विद्यापीठ ९क्याम्पस० द्धारा आयोजित पत्रकार सम्मेलनमा दासले फर्जी कागजात तयार पारी मठको जग्गा बेच्ने प्रयास गरेको जनाइएको छ ।
गुठी संस्थानको १५०० विघा जग्गालाई फर्जी कागजको आधारमा विक्रि वितरण गर्न खोज्ने रत्नसागर मठका महन्थ बैकुण्ठ दास फर्जी कागजात तयार पार्ने गुठी संस्थानका कर्मचारी एवं कथित मोही अशोक कुमार शर्मामाथी सरकारी कागज किर्ते मुद्दा चलाउन विद्यापीठले स्थानीय प्रशासनसंग मांग गरेको छ ।
२०६८ सालमा रत्नसागर मठका महन्थ रत्न सागर मठका बैकुण्ठ दास तत्कालीन गुठी संस्थानले जनकपुरका प्रमुखसंगको मिलिमितोमा फर्जी कागजात तयार गरि बेचविखन गर्ने प्रयास गरेको आरोप लगाईएको छ ।
त्यही समयमा क्याम्पस प्रशासन तथा स्थानीयवासीको पहलमा गुठी संस्थान जनकपुरले निर्णय गरि रत्न सागरका महन्थ दासले तयार पारेको फर्जी प्रमाणलार्य बदर गरको प्रमाण सुरक्षित राखेको विद्यापीठद्धारा जारी विज्ञपतिमा उल्लेख छ ।
२०२६ सालको नापी र २०४६ सालको नापीमा समेत उक्त जग्गा बराही मठकै नाउँमा दर्ता रहेको र सो जग्गाको श्रेस्तामा जग्गाधनी महलमा रत्नसागर नाउँ उल्लेख नगरको तथ्य नापी कार्यलय धनुषा र नापी विभाग योजना साखाको पत्रद्धारा समेत प्रमाणित भएको उल्लेख छ ।
यी प्रमाण र लिखित कागजातको वावजुद महन्थ दासले पुनः अर्को फर्जी कागजात तयार पारेको विद्यापीठको आरोप छ । र, उक्त जग्गा रत्नसागर मठकै पुजारी जि. धनुषा बसहिया बस्ने अशोक कुमार शर्माको नाममा मोही कायम रहेको फर्जी कागजात तयार पारको विज्ञपतीमा जनाइएको छ ।
क्याम्पस संचानल गर्न विभिन्न किताहरुको कुल ६ विगहा ३ कठ्ठा ५ धुर जग्गा प्रदान गरेको दस्तावेज सुरक्षित रहेको भन्दै जग्गा गुठी संस्थान अन्तर्गतको १५०० विघा तैनाथी गग्गा रहेको जनाईको छ ।
पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य रामसरोज यादव, क्याम्पस प्रमुख डा।विजय चौधरी, रामविनोद चौधरी सहितको सहभागीता रहेको थियो ।
#सेन्चुरी टाईम्सको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…