मुख्यमन्त्री राउतद्वारा एक हप्ते योग शिविरको शुभारम्भ
उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए ।

२०७८ असार १ मंगलबार, बिहान ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।
पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिवरको प्रमुख अतिथि मुख्यमन्त्री राउतले आफनै निवास बाट भर्चुअल प्रविधि मार्फत शुभारम्भ गरेको हो ।
मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित कार्यक्रमको उद्घाटन गर्नु हूँदै मुख्यमन्त्री राउतले अहिलेको व्यस्त जीवनमा आफु स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताए ।
योगलाई जनजनमा पु¥याउन बाबा रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्दै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्र सम्म पु¥याउनुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए ।
पतञ्जली योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।
शिविरमा योगको संचालन समितिका केन्द्रिय प्रभारी लव देव गुरुले गरेका थिए । अन्तराष्ट्रिय योग दिवस अषाढ ७ गते विश्व व्यापीरुपमा मनाइने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…