विपदसँग लडन जनकपुरको गँगासागरमा सुरक्षाकर्मीहरुको रिहलसल 

२०७८ जेठ ३१ सोमबार
रति ८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मनसुस पूर्व तयारी तथा विपद खोज उद्धार र प्रतिकार्यको लागि जिल्ला विपद व्यवस्थापन समितिले उद्धार कार्यको रिहलसल (अभ्यास) गरेको छ । 

प्रत्येक वर्ष अधिक बर्षाका कारण धनुषा जिल्लाको विभिन्न नदीहरुमा आउने बाढी प्रकोपले सर्वसाधारण ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले पूर्व तयारी सुरु गरिएको हो । सोही क्रममा आईतबार जनकपुरको गँगासागरमा अभ्यास गरिएको छ । 

गंगासागर पोखरीमा नेपाल प्रहरीको ४५ जना , सशस्त्र प्रहरी बलको ३५ जना र नेपाली सेनाको ३३ जनाको दुई दिने जल प्रकोप उद्धार अभ्यास प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । 

सो प्रशिक्षणको क्रममा बाढी पहिरो प्रभावित वा पानीमा डुबिरहेको अवस्थामा, तेज गतिको पानीमा बगिरहेको अवस्थामा सुरक्षाकर्मीले आफू बच्दै अरुलाई कसरी बचाउने सम्बन्धी अभ्यास गरेको हो ।

सोमबार बिहान ८ः३० बजेको समयमा समयमा जिल्ला प्रशासन कार्यालय धनुषाका सिडिओ बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा अभ्यास प्रशिक्षण गरिएको हो । 

श्रीनाथ गण महेन्द्र नगर धनुषाका प्रमुख सेनानी गजेन्द्र रावल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाट,  सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेक्वा धनुषाका सशस। नरेन्द्र सेन, राष्ट्रिय अनुशन्धानका उप–अनुसन्धान निर्देशक अबिनब कुमार सिंह लगायतको उपस्थितिमा अभ्यास गरिएको हो । 

सोही क्रममा नेपाल रेडक्रस सोसाईटि धनुषाका सभापति नरेश प्रसाद सिंह, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा संचारकर्मीहरूको उपस्थितिमा मनसुनसँग लडन पूर्व अभ्यास गरिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 1%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७८ जेठ ३१ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus

} }