प्रदेश २ः सप्तरीमा भोलीदेखि बजार खुल्ने
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बजारहरु खुल्ला गर्ने निर्णय गरिएको हो । सो समयमा बजार वा पसल खोल्दा अनिवार्य रुपमा स्वास्थ्यको मापदण्ड पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

२०७८ जेठ ३१ सोमबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले भोली असार १ गतेदेखि आँशिक रुपमा बजार खोल्ने निर्णय गरेको छ । ्
दैनिक रुपमा कोरोना सँक्रमितको सँख्या कम हुँदै गएको भन्दै स्थानीय व्यापारीहरुको आग्रहलाई मध्यनजर गर्दै सैलुन, सिनेमा हल, रेष्टुरेन्ट, होटल सहित मानिसको भीडभाड हुने बजार बाहेकका बजार ३ घण्टा खुल्ने भएको छ ।
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बजारहरु खुल्ला गर्ने निर्णय गरिएको हो । सो समयमा बजार वा पसल खोल्दा अनिवार्य रुपमा स्वास्थ्यको मापदण्ड पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…