स्वास्थ्य कार्यालय जनकपुरलाई २० वटा अक्सिजन कन्सट्रेटर
उक्त सामान यहाँसम्म ल्याउन राइन ग्रुपका सञ्चालक सलामत राइनले पनि अहम भूमिका निर्वाह गरेका छन् । आवश्यकता अनुसार उक्त कन्सन्ट्रेटरहरु प्रादेशिकदेखि अन्य अस्पतालहरुमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन सक्ने प्रावधान जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अन्तर्गत रहेको छ ।

२०७८ जेठ ३१ सोमबार, बिहान ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला स्वास्थ्य कार्यालय धनुषा जनकपुरलाई २० वट अक्सिजन कन्सट्रेटर सहयोग गरिएको छ ।
स्थानीय युवा नेता सरोज मिश्र र व्यावसायी एवम् समाजसेवी सलामत राईनको विशेष पहलमा सो अक्सिजन कन्सट्रेटर सहयोग गरिएको हो ।
आईतबार एमआइटि ग्रुप फाउण्डेशन अष्ट्रेलियाका संयोजक शेष घले तथा जमुना गुरुङ्गले उपलब्ध गराएका हुन् । अक्सिजन कन्सन्ट्रेटरहरु स्वास्थ्य कार्यालय धनुषाका प्रमुख सुरेश यादवलाई हस्तान्तरण गरिएको हो ।

एनआरएन अष्ट्रेलियाका युथ कोर्डिनेटर समेत रहेका मिश्र र ईशाद अहमदको विशेष पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको रोहबरमा कार्यालय प्रमुख यादवलाई ति सामग्री हस्तान्तरण गरिएको छ ।
उक्त सामान यहाँसम्म ल्याउन राइन ग्रुपका सञ्चालक सलामत राइनले पनि अहम भूमिका निर्वाह गरेका छन् ।
आवश्यकता अनुसार उक्त कन्सन्ट्रेटरहरु प्रादेशिकदेखि अन्य अस्पतालहरुमा उपयोग पश्चात फिर्ता लिने गरि सेवा उपलब्ध गराउन सक्ने प्रावधान जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अन्तर्गत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…