जनकपुरमा ठन्का (चटयाँग) लागेर दुई बालक घाईते, एक गम्भिर
चटयांग खस्दा दुवै बालक रुखको मुनी खेलीरहेको वताइएको छ ।

२०७८ जेठ २९ शनिबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा चटयाङ खस्दा दुई जना वच्चाको अवस्था गम्भीर भएको छ ।
जनकपुरधाम उपाहानगरपालिका वार्ड नं १ पुलचौक (दर्जी महल्ला) स्थित एक पिपलको बोटमा शुक्रवार चटयाङ खस्दा रुखको तल खेलीरहेका दुई जना बालकको अवस्था गम्भीर भएको हो ।
गम्भीर हुनेमा सोहि एरियाका १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो।शाहिल साफी रहेको वताइएको छ । घाइतेहरुको जनकपुरधामको धनुषा अस्पतालमा उपचार भइरदा एक जना शाहिल साफीको अवस्था बढि गम्भीर भएपछि उनलाई रामजानकी अस्पतालमा रेफर गरिएकोे छ ।
चटयांग खस्दा दुवै बालक रुखको मुनी खेलीरहेको वताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…