उपप्रमुखपछि आज वडाध्यक्षले तोडे कुर्शी, बोर्डहरु समेत तोडेर फाले
उनीहरुले आफ्नो स्वार्थको लागि हरेक वर्ष असार मसान्तमै नयाँ अधिकृत ल्याएर घप्ला गर्ने योजना बनाएको आरोप लगाएको हो ।

२०७८ जेठ २८ शुक्रबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही मात्र दुरीमा रहेको धनुषाको धनौजी गाउँपालिकाको विवाद अझै चुलिएको छ ।
केही दिनअघि मात्र धनौजी गाउँपालिकाकी उपप्रमुख रामबति देवी मण्डलले जनप्रतिनीधिबीचको विवादमा कुर्शी तोडेर फालेको घटना नसेलाउँदै शुक्रबार एक वडाध्यक्षले पनि कुर्शी नै तोडेका छन् ।
आज भएको जनप्रतिनीधिहरुबीचको विवादको क्रममा गाउँपालिकाको कुर्शी तोडिएको हो । धनौजी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम दुलार मण्डलले गाउँपालिकाको कुर्शी तोडेका हुने ।
करिब ४ वर्षकै अवधीमा धनौजी गाउँपालिकामा आधा दर्जन हाकिम परिवर्तन गरेपछि आक्रोसित वडाध्यक्षले गाउँपालिका प्रमुख बद्रीनरायण सिँह र उपप्रमुख रामबति देवी मण्डल मण्डलको विरोध गर्दै कुर्शी तोडेका हुन् ।

गाउँपालिकाको लागि निमित्त प्रमुख प्रशाकीय अधिकृत गौरीशँकर मण्डललाई हटाएर पुनः अर्को अधिकृत ल्याउन खोजेपछि विवाद चर्किएको हो । प्रत्येक वर्ष असार मसान्तमै अध्यक्ष र उपाध्यक्षले मिलीभगत गरी नयाँ नयाँ अधिकृत ल्याउने गरिएको आरोप छ ।
सोही विरोधमा केही वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालय घेराउ गरेको थियो । उनीहरुले आफ्नो स्वार्थको लागि हरेक वर्ष असार मसान्तमै नयाँ अधिकृत ल्याएर घप्ला गर्ने योजना बनाएको आरोप लगाएको हो ।
वडाध्इक्षले कुर्शी तोडफोड गरेपछि गाउँपालिकाकी उपप्रमुख, प्रमुख र वडाध्यषहरुबीच सहमति भएर यो आर्थिकवर्ष सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरीशँकर मण्डललाई नै निरन्तरता दिन दिने गरी सहमति गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…