गौर अस्पतालको मेसुको एकलौटीले स्वास्थ्यकर्मी असन्तुष्ट, काँखापाँखा गरेको आरोप 

सो सन्दर्भमा अस्पतालका मेसु कृष्णा कुमार साहको मोबाइल नम्बर ९८५५०४३२४१ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । 

२०७८ जेठ २७ बिहीबार
बेलुकी ६:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित रहेको गौर अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा कुमार साहको एकलौटी र काँखापाखाले स्वास्थ्यकर्मीहरु असन्तुष्ट भएका छन् । 

गौर अस्पतालमा कार्यरत स्वास्थयकर्मीहरुलाई दिनुपर्ने अन्य थप सुविधाहरु कटौती गरी रकम झवाम्म पार्न खोजेको आरोप लगाउँदै तहगत हिसाबले कुनै पनि कार्य नै नगरी एकलौटी ढँगले कार्य सँचालन गरिरहेको आरोप लगाइएको छ ।

कोरोनाको महामारीमा कर्मचारीलाई दिनुपर्ने सुविधाहरुलाई कटौती गरी एक जना कर्मचारीलाई मात्र सुविधाहरु दिने गरेकोले अन्य कर्मचारीहरु असन्तुष्टि जनाएको छ । “पिसिआर ल्याबमा काम गर्ने एक कर्मचारीलाई मात्र ओभरटाईम र खाजा खानाको सुविधा दिएको छ । हामीहरुलाई पहिले दिएपनि अहिले कटौती गरेको छ । काँखापाखा गरिएको महसुस भएको छ ।”– नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने । 

गौर अस्पतालको ल्याबमा कार्यरत आइसा सिद्धिकी सहित अन्य दुई जनाले पिसिआर ल्याबमा काम गर्दा कर्मचारी पुग भएपनि ओभरटाईम गर्न दिएको र खाजा खानाको पनि सुविधा दिएको छ । तर अन्य कर्मचारीहरुले सो सुविधा नपाएपछि असन्तुष्टि जनाएका छन् । ओभरटाईममा काम गर्नेहरु सिद्धिकी सहित अनुठा राय यादव र जागेश रहेका छन् । 

अस्पतालको कुनै निर्ण हुँदा सम्बन्धित अन्य पदाधिकारीलाई समेत कुनै खोजबिन नै नगरी एकलौटी ढँगबाट सार्वजनिक सम्पतिको विवरण समेत हेरफेर गरेको आरोप लगाइएको छ । अस्पतालले पाउने सुविधाहरुको समेत दुरुपयोग गर्ने गरेको आरोप मेसु साहमाथि लगाइएको छ । 

गोप्य श्रोतका अनुसार, उनको कार्य समायोजन प्रदेश नम्बर १ को कोशी अस्पताल विराटनगरमा भएको छ । तर, प्रदेश सरकारसँग सोर्स मिलाएर विगत डेढ बर्षदेखि गौर अस्पतालमै कार्यरत रहेका छन् । स्वास्थ्यकर्मी समायोजन गर्दा उनको समायोजन कोशी अस्पतालमा परेको थियो । 

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयबाट पावर लगाएर गौर अस्पतालमै बसेर विभिन्न ठाउँबाट हुने सहयोग समेत कुम्ल्याउने गरेको आरोप लगाइएको छ । “खर्च नै नगरिएको ईन्धनको पनि हस्ताक्षर सवारी चालकबाट भपाई गराइन्छ । सो वापतको रकम उनले खाने गरेका छन् ।”– एक कर्मचारीले भने । 

सो सन्दर्भमा अस्पतालका मेसु कृष्णा कुमार साहको मोबाइल नम्बर ९८५५०४३२४१ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । 

  • 0%
  • 25%
  • 25%
  • 25%
  • 0%
  • 0%

लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा 

  • २०७८ जेठ २७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।  प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

पूरा पढ्नुहोस्

Bureau Menus