प्रदेश लोकसेवा

प्रदेश २ को लोकसेवाद्धारा ३० कर्मचारीको लागि विज्ञापन खुल्ला, कुन कुन पदमा कति सिट ?

सोही क्रममा स्वास्थ्य सेवा तर्फ पनि १० पदको लागि विज्ञापन गरिएको हो । जसमा ९ पदको लागि खुल्ला विज्ञापन र एक पदको लागि अन्तरसेवामा विज्ञापन गरिएको छ । 

२०७८ जेठ २७ बिहीबार
बिहान १०:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकार अन्तर्गत रहेको प्रदेश लोकसेवा आयोगले विभिन्न पदको लागि कर्मचारी भर्नाको लागि विज्ञापन खुल्ला गरेको छ । 

विहिबार प्रदेश २ लोकसेवा आयोगले खुल्ला गरेको विज्ञापनमा विभिन्न पदको लागि ३० जना कर्मचारी माग गरेको हो । जसमा अप्राविधिक अधिकृत नवौ तहको लागि मात्र ८ जना कर्मचारी माग गरेको हो । 

अधिकृत नवौ तहको लागि प्रशासनतर्फ समान्य प्रशासनमा खुल्ला तर्फ २ जना, मधेशी महिला तर्फ १ जना, दलित महिला तर्फ १ जना, अन्तर सेवा तर्फ २ जना माग गरेको हो । यस्तै, प्रशासनको लेखा तर्फ खुल्लामा १ जना र राजस्व तर्फ पनि खुल्लामा १ जना गरी कुल ८ जना कर्मचारी प्रशासन तर्फ माग गरेको हो । 

यस्तै, स्वास्थ्य सेवा वाहेकको सेवा तर्फ १२ जना कर्मचारी माग गरिएको छ । प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर २ ले विहिबार प्रकाशित गरेको विज्ञापनमा ईन्जिनीयरिँग सिभिल जनरल तर्फ खुल्लामा १ जना, सिभिल हाईवेमा १ जना, सिभि विल्डिँग एण्ड आर्टिटेक्टमा १ जना, स्यानिटरीमा १ जना, इरिगेशनमा १ जना, कृषि प्रसार (एगृ एक्सटेन्सन) तर्फ १ जना, कृषि बागवानी (हर्टिकल्चर) तर्फ १ जना, कृषि मत्स्य (फिसरिज) तर्फ १ जना, कृषि एगृ इको. एण्ड मार्केटिँग तर्फ १ जना, कृषि लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभलप्मेन्ट तर्फ १ जना, कृषि बाली विकास तर्फ पनि १ जना र वन, जनरल फरेष्ट्री तर्फ समेत १ जना गरी कुल १२ पदको लागि विज्ञापन निकालिएको हो । यी सबै खुल्ला तर्फ विज्ञापन गरिएको छ । 

सोही क्रममा स्वास्थ्य सेवा तर्फ पनि १० पदको लागि विज्ञापन गरिएको हो । जसमा ९ पदको लागि खुल्ला विज्ञापन र एक पदको लागि अन्तरसेवामा विज्ञापन गरिएको छ । 

कन्सल्टेन्ट जनरल फिजिसियन, मेडिसिन, जनरल मेडिसिन तर्फ खुल्लामा १ जना, सर्जन, सर्जरी जनरल सर्जरी तर्फ १ जना, अर्थोपेडिक सर्जन, सर्जरी अर्थोपेडिक सर्जरी तर्फ १ जना, रेडियोलोजिस्ट तर्फ १ जना, साईक्याट्री तर्फ १ जना, पेडियाट्रीक तर्फ  १ जना, एनेथेसियोलोजिष्ट तर्फ १ जना, गाइनोलोजिष्ट तर्फ पनि १ जना, जनस्वास्थ्य प्रशासक, हेल्थ इन्सपेक्सन तर्फ १ जना माग गरिएको छ । माथिका सबै पद खुल्ला पदको लागि आह्वान गरिएको हो । यस्तै, जनस्वास्थ्य प्रशासक हेल्थ इन्सपेक्ट तर्फ अन्तरसेवामा पनि एक जना माग गरिएको हो । 

लोकसेवा आयोगले परीक्षा लिखित, प्रयोगात्मक र अन्तरवार्ताको माध्यमबाट लिनेछ भने परीक्षा मिति अहिले तय नगरी पछि गरिने पनि जनाइएको छ । परीक्षाकेन्द्र जनकपुरमै रहने गरी तय गरिएको हो । 

जसमा दरखास्त (फाराम) को शुल्क नवौ तहको लागि रु. १२०० बुझाउनुपर्नेछ भने त्यसपछि थप प्रत्येक किसीम वा समूहको लागि रु. ५०० थप दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । 

विज्ञापनको लागि फाराम भर्ने उम्मेदवारहरुले आगामी असार १६ गतेसम्म फाराम भर्न सकिनेछ भने दोब्बर दस्तुर तिरेर असार २३ गतेसम्म भर्न पाउने व्यवस्था उल्लेख गरिएको हो । विज्ञापनमा असार १६ गतेसम्म २१ वर्ष पुरा भई पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको उमेर हद तोकिएको छ । 

जसमा ईन्जिनीयरिँग सेवा, कृषि सेवा, वन सेवा र स्वास्थ्य सेवाको हकमा ४० वर्ष ननाघेको तथा बहालबाला स्थायी निजामति कर्मचारीहरुको हकमा उमेर हद नलाग्ने बताइएको छ । 

दरखास्त दस्तुर बुझाउनको लागि प्रदेश लोकसेवा आयोग, प्रदेश नं. २ जनकपुरधामको कार्यालय कोड २१००११७०१२ तथा राजस्व शिर्षक नं. १४२२४ (परीक्षा शुल्क) राखी राष्ट्रिय बाणिज्य बैँक लिमिटेड, खाता नं. १०००१००२०००१०००० वा नेपाल बैँक लिमिटेड, खाता नम्बर २७१०२०००००१००१०००००१ मध्ये आफूलाई पायक पर्ने कुनै एक बैँकमा उम्मेदवारले आफ्नो नामबाट दरखास्त दस्तुर बुझाएको सक्कल बैँक भौचरमा मास्टर आईडी लेखी स्कयान गरी अनलाईन एप्लीकेशन भर्दा तोकिएको स्थानमा अपलोड गर्नुपर्ने शर्त राखिएको हो । 

उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव (आयोगले तोकेको फारममा), व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पिडिएफ फोरमेट PDF Formate मा अपलोड गर्नु पर्नेछ ।

सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी जेपिजी फोरमेट JPG Formate मा अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्ने पनि उल्लेख विज्ञापनमा गरिएको छ ।  

कुन पदको लागि के कतिको योग्यता चाहिएको छ भनेर तल विज्ञापन डाउनलोड गरी हेर्न सकिन्छ । 

विज्ञापनः अधिकृत-नबौं-वा-सो-सरहको-विज्ञापन.pdf

  • 88%
  • 5%
  • 1%
  • 1%
  • 1%
  • 3%

Bureau Menus