मेलानको १६ औं स्थापना दिवसमा जनकपुरधाम सहित देशभरि दीप प्रज्वलन 

२०७८ जेठ २६ बुधबार
रति ९:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मेडिकल ल्याबोरेटरी एशोसिएशन अफ नेपाल (मेलान) को १६ औँ स्थापना दिवसको अवसरमा जनकपुरधाम सहित विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाएको छ । 

सोही क्रममा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मेलानको १६ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । प्रदेश अध्यक्ष सुरेश शर्माको नेतृत्वमा सो दीप प्रज्वलन कार्यक्रम गरिएको हो । 

सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरुको एउटै चाहना, गुणस्तरीय, व्यवस्थित, व्यावसायिक तथा जनपक्षीय स्वास्थ्य प्रयोशशाला स्थापना मूल नारा सहित १६ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो । 

केन्द्रिय उपाध्यक्ष  युगलकिशोर यादव र पूर्व केन्द्रीय सदस्य उमेश चौधरीको विशेष उपस्थितिमा कोरोना महामारीलाई मध्यनजर गर्दे समाजिक दुरी कायम गरी दीप प्रज्वलन गरिएको जनाइएको छ । 

मेलानका प्रदेश अध्यक्ष शर्माका अनुसार, विगतका दिनहरुमा भव्य कार्यक्रमहरु गरी स्थापना दिवस मनाएकोमा विगतको वर्ष र यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरी दीप प्रज्वलन कार्यक्रम गरिएको हो । 

कोभिड १९ को महामारीको क्रममा ज्यान गुमाएका स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी सहित मानवजातीको आत्मको चीर शान्तीको कामना गर्दै श्रद्धाञ्जली समेत दीप प्रज्वलन गरी दिएको प्रदेश अध्यक्ष शर्माले बताए । 

दीप प्रज्वलन कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष सन्तोष साह, कोषाध्यक्ष  गुनानद साह, सचीव  सुमित पाण्डे, सदस्य शम्भु कुशवाहा लगायत प्रयोगशालाकर्मीहरुको उपस्थिति रहेको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ जेठ २६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus