मेलानको १६ औं स्थापना दिवसमा जनकपुरधाम सहित देशभरि दीप प्रज्वलन
दीप प्रज्वलन कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष सन्तोष साह, कोषाध्यक्ष गुनानद साह, सचीव सुमित पाण्डे, सदस्य शम्भु कुशवाहा लगायत प्रयोगशालाकर्मीहरुको उपस्थिति रहेको थियो ।

२०७८ जेठ २६ बुधबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मेडिकल ल्याबोरेटरी एशोसिएशन अफ नेपाल (मेलान) को १६ औँ स्थापना दिवसको अवसरमा जनकपुरधाम सहित विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सोही क्रममा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मेलानको १६ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । प्रदेश अध्यक्ष सुरेश शर्माको नेतृत्वमा सो दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरुको एउटै चाहना, गुणस्तरीय, व्यवस्थित, व्यावसायिक तथा जनपक्षीय स्वास्थ्य प्रयोशशाला स्थापना मूल नारा सहित १६ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरिएको हो ।
केन्द्रिय उपाध्यक्ष युगलकिशोर यादव र पूर्व केन्द्रीय सदस्य उमेश चौधरीको विशेष उपस्थितिमा कोरोना महामारीलाई मध्यनजर गर्दे समाजिक दुरी कायम गरी दीप प्रज्वलन गरिएको जनाइएको छ ।
मेलानका प्रदेश अध्यक्ष शर्माका अनुसार, विगतका दिनहरुमा भव्य कार्यक्रमहरु गरी स्थापना दिवस मनाएकोमा विगतको वर्ष र यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरी दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कोभिड १९ को महामारीको क्रममा ज्यान गुमाएका स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी सहित मानवजातीको आत्मको चीर शान्तीको कामना गर्दै श्रद्धाञ्जली समेत दीप प्रज्वलन गरी दिएको प्रदेश अध्यक्ष शर्माले बताए ।
दीप प्रज्वलन कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष सन्तोष साह, कोषाध्यक्ष गुनानद साह, सचीव सुमित पाण्डे, सदस्य शम्भु कुशवाहा लगायत प्रयोगशालाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…