भारतबाट ल्याएको पौने ३१ लाख रुपैयाँ बरामद
प्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

२०७८ जेठ २६ बुधबार, दिउँसो ३:२० बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, रौतहट । प्रदेश २ को रौतहट स्थितबाट प्रहरीले भारतबाट ल्याउँदै गरेको अवस्थामा ३० लाख बढी रकम बरामद गरेको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखाप स्थित नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ नम्बरको मोटरसाईकलमा आउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
मोटरसाईकल चालक भारत जिल्लाको मोतिहारी घोडासहन बस्ने वर्ष २२ को बन्टि कुमार कलवार र मोटरसाईकल पछाडि सवार वर्ष २० को सुरज कलवारलाई रोकी चेकजाँच गर्दा उनीहरुले बोकेको नाईलुनको झोलामा र उनीहरुको साथबाट भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको अवैध रकम बरामद गरेको हो ।
प्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…