मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

२०७८ जेठ २६ बुधबार
बिहान ०९:१४ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो ।  मोटरसाईक दुर्घटना हुँदा आमाको मृत्यू भएको छ भने छोरा पनि सोही दुर्घटनामा परी घाईते भएका छन् । 

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । 

मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मगरको घटनास्थलमै मृत्यु भएको हो ।

 मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाम नगर स्तरीय प्रतियोगितामा सुपर सेन्सको कब्जा 

  • २०७८ जेठ २६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजित हाजिरी जवाफ प्रतियोगिता २०७७ मा त्यहाँ स्थितको सुपर सेन्स बोर्डिङग स्कूलले प्रथम स्थान हाँसिल गरेको छ ।  नगरपालिकाद्धारा आयोजना गरिएको सो अन्तर माध्यमिक

पूरा पढ्नुहोस्

Bureau Menus