प्रसुति गृह सञ्चालनपछि पहिलो शिशुको जन्म
जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे ।

२०७८ जेठ २५ मंगलबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ ।
गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताए ।
जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…