बिहारमा आजदेखि लकडाउन खुल्लाको घोषणा 

लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ । 

२०७८ जेठ २५ मंगलबार
दिउसो ४:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको कारण विगत एक महिनादेखि लगाइको लकडाउन आजदेखि खुल्ला गरिएको घोषणा गरिएको छ । 

कोरोनाको नयाँ केशमा कमी हुन थालेपछि विहार सरकारले मँगलबारदेखि लकडाउन खोल्ने निर्णय गरेको हो । बिहार प्रदेश सरकारले कोरोनाको नयाँ सँक्रमितहरुको दर निकै कम हुन थालेपछि लकडाउन खुल्ला गरेको घोषणा गरेको हो । 

करिब एक महिनापछि विहारका नागरिकहरुले लकडाउनबाट राहत पाउने भएको छ । यद्यपी, साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने नाइट कर्फयू जारी राखिने जनाइएको छ । ५० प्रतिशतको साथ सबै सरकारी र नीजि कार्यालयहरु भने साँझ ४ बजेसम्म खुल्ने जनाइएको छ । 

पसलहरुको हकमा पनि साँझ ५ बजेसम्म खुल्ने जनाइएको छ । लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ । 

लकडाउन अन्त्य भएका घोषणा गर्दै मुख्मन्त्री नितिश कुमारले भीडभाड अझै नगर्न आग्रह गरेका छन् । उनले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मको नाइट कर्फयू भने जारी राख्ने बताएका छन् । गत ५ मे बाट लगाएको लकडाउन झण्डै एक महिनापछि खोलिएको हो । 

जानकारी अनुसार, बिहार राज्यमा गत २४ घण्टामा ९२० मात्र नयाँ कोरोना केश आएको हो । कुल १ लाख ८ हजार बढी सैँम्पल जाँच गरेपछि ९२० जनामा मात्र नयाँ केश भेटाएपछि कोरोनाको सँक्रमण अत्यन्तै न्यून भएपछि लकडाउन खोलेको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ जेठ २५ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus