बिहारमा आजदेखि लकडाउन खुल्लाको घोषणा
लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ ।

२०७८ जेठ २५ मंगलबार, दिउँसो ४:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको कारण विगत एक महिनादेखि लगाइको लकडाउन आजदेखि खुल्ला गरिएको घोषणा गरिएको छ ।
कोरोनाको नयाँ केशमा कमी हुन थालेपछि विहार सरकारले मँगलबारदेखि लकडाउन खोल्ने निर्णय गरेको हो । बिहार प्रदेश सरकारले कोरोनाको नयाँ सँक्रमितहरुको दर निकै कम हुन थालेपछि लकडाउन खुल्ला गरेको घोषणा गरेको हो ।
करिब एक महिनापछि विहारका नागरिकहरुले लकडाउनबाट राहत पाउने भएको छ । यद्यपी, साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने नाइट कर्फयू जारी राखिने जनाइएको छ । ५० प्रतिशतको साथ सबै सरकारी र नीजि कार्यालयहरु भने साँझ ४ बजेसम्म खुल्ने जनाइएको छ ।
पसलहरुको हकमा पनि साँझ ५ बजेसम्म खुल्ने जनाइएको छ । लकडाउन खोलिएपनि केही नियमको पालना समेत गर्न सरकारले अनुरोध गरेको छ । अनलाईन कक्षा सहित नीजि सवारी साधन चल्न दिइने भएको छ ।
लकडाउन अन्त्य भएका घोषणा गर्दै मुख्मन्त्री नितिश कुमारले भीडभाड अझै नगर्न आग्रह गरेका छन् । उनले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मको नाइट कर्फयू भने जारी राख्ने बताएका छन् । गत ५ मे बाट लगाएको लकडाउन झण्डै एक महिनापछि खोलिएको हो ।
जानकारी अनुसार, बिहार राज्यमा गत २४ घण्टामा ९२० मात्र नयाँ कोरोना केश आएको हो । कुल १ लाख ८ हजार बढी सैँम्पल जाँच गरेपछि ९२० जनामा मात्र नयाँ केश भेटाएपछि कोरोनाको सँक्रमण अत्यन्तै न्यून भएपछि लकडाउन खोलेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…