विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हाँस्यास्पद : नेता साह
जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा सहकारी बिज्ञ संजय कुमार साहले विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको बताएका छन् ।

२०७८ जेठ २३ आइतबार, राति ९:०२ बजे२ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य (महन्थ ठाकुर पक्ष) सँजय कुमार साहले मुख्यमन्त्री राउतलाई सँसदीयदलको नेता बनाउनु हाँस्यास्पद रहेको बताएका छन् ।
उनले पार्टीको विधानमा सँसदीय दलको नेता सम्बन्धी विधान नै नबेको अवस्थामा दलको नेता भनेर प्रचारवाजी गर्नु आफैंमा लज्जास्पद र हाँस्यापद रहेको प्रतिक्रिया दिएका छन् ।
प्रदेश न.. २ मा जसपा नेपाल संसदिय दलको बैठक फर्जी रुपमा सम्पन्न गरी लुकाछुपी बैठकबाट गुटगत रुपमा दलको नेता चयन गरिएको भन्दै विधान नै नभएको अवस्थामा आफूलाई प्रचार मात्र गरेको प्रतिक्रिया दिएका छन् ।
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिएको विषयमा महन्थ ठाकुर पक्षले अनभिज्ञता सहित केही नेताले यसलाई मजाको रुपमा लिएका छन् ।
उपेन्द्र यादव पक्षले संसदीय दलको बहुमत सदस्यको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको बताएपनि ठाकुर पक्षले भने यसबारे जानकारी नरहेको प्रतिक्रिया यसअघि प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले दिसकेका छन् ।
जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय सदस्य तथा सहकारी बिज्ञ संजय कुमार साहले विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको बताएका छन् ।
“प्रदेश २ जसपाको संसदिय दलमा मोहम्मद लालबाबु राउत नियुक्त भएको खबर भ्रामक छ । प्रदेशसभामा जसपा एकिकृत नभएको र राजपा र सपाकै संसदिय दल कायम छ। अहिले सम्म प्रदेश कमिटि समेत बन्न नसकेकाले जसपा संसदिय दलको नेता चयन गरिएको कुरा हास्यासपद मात्र छ। जसपाको प्रदेश कमिटी समायोजन भएपछि उक्त कमिटीबाट संसदिय दलको विधान पारित गराउनु पर्छ ,त्यस पश्चात दुवै राजपा र सपाको संसदिय दलको नेता र सांसदको उपस्थितिमा विधान पारित गराउनु पर्छ र बल्ल निर्वाचनबाट दलको नेता चुनिनेछ। अहिले न त प्रदेश कमिटि छ , न त संसदिय दलको कुनै बैठक भएको छ। त्यसैले मोहम्मद लालबाबु राउत संसदिय दलको नेता बनेको भ्रामक सामाचार हो ।”– उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…