धनुषाधाममा विरुवा रोपेर पर्यावरण दिवस
डिभिजनल वन अधिकृत सुनिल कर्ण ,मिथिला वर्ल्ड लाईफ ट्र्स्ट्का अध्यक्ष देबनारायाण मण्डल , सुरेश शर्मा लगायत बनका समिती कर्मचारीहरुले विरुवा रोपन गरी अन्तराष्ट्रिय पर्यावरण दिवस मनाएको

२०७८ जेठ २३ आइतबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, धनुषा । विश्व वातावरण दिवसको उपलक्ष्यमा धनुषाधाम संरक्षित वनमा बिरुवा रोपन गरि मनाएको छ ।
वर्तमान समयमा बिरुवा रोपन गरि वातावरण हरियाली राखेमा तत्काल मात्र नभएर दीर्घकालिन उपलब्धि हुने धनुषाधाम संरक्षित वन अधिकृत शंकरनारायान झाले बताए ।
“प्रदेशकै नमुना वनमा संरक्षित वन धनुषाधाम हो हामी यस वनमा आज वातावरण दिवसको अवसर बिरुवा रोपन गरि मनाएका छौ ।”– उनले भने ।
साथै आफ्नो आफ्नो नजिकमा बिरुवा रोपन गरि वातावरण हरियो राख्न आग्रह नेकपा माओवादी केन्द्र धनुषा जिल्ला अध्यक्ष दिपक यादवले बताए ।
डिभिजनल वन अधिकृत सुनिल कर्ण ,मिथिला वर्ल्ड लाईफ ट्र्स्ट्का अध्यक्ष देबनारायाण मण्डल , सुरेश शर्मा लगायत बनका समिती कर्मचारीहरुले विरुवा रोपन गरी अन्तराष्ट्रिय पर्यावरण दिवस मनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…