कमला नगरपालिकामा कमला युवा सँजालको सक्रियताले सहजता
उनले कमला नगरपालिकाभित्र कोही पनि व्यक्तिलाई अस्पताल जान कठिनाई भए, कोभिडको लक्षण देखिएर चेकजाँच गराउनुपरे वा अन्य कठिनाई भएको बेलामा सेवाको लागि सम्पर्क गर्न आग्रह गरेको हो ।

२०७८ जेठ २२ शनिबार, बेलुकी ५:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकामा युवाहरुको समूह कमला युवा सँजालले विभिन्न वडामा गएर आम नागरिकलाई सहयता प्रदान गर्न सुरु गरेको छ ।
कोभिड १९ को महामारीबाट प्रभावित भएका परिवार तथा नगरपालिका भित्र कोभिड चेकजाँच सहित विशेष सतर्कताको अभावमा सँक्रमणको मुखमा पुग्ने गरेको भन्दै कमला युवा सँजालले विभिन्न वडामा गएर नागरिकहरुलाई सल्लाह सहित स्वास्थ्य समाग्री पनि वितरण सुरु गरेको हो ।
कमला युवा सँजालका अध्यक्ष विमलेश यादवको विशेष पहलमा दाताहरुको सहयोगमा सुरक्षा समाग्री लिएर विभिन्न वडामा आफ्ना टिम सहित पुग्ने गरेका छन् । नगरपालिकाको वडाको वस्तीस्तरसम्म पुगेर सँजालका पदाधिकारी, सदस्यहरुले गाउँवासीलाई सल्लाह सहित बच्ने उपायहरुबारे पनि जानकारी गराउँदै आएका छन् ।
कोरोना भाइरसको लक्षण देखिएको खण्डमा, चिकित्सकको सल्लाह लिनुपर्ने खण्डमा, अस्पताल लैजानुपर्ने वा जानुपर्ने सुविधाको लागि कमला युवा सँजालले कोभिड क्वीक रिस्पोन्स टिम गठन गरी सेवा पुरयाइरहेको अध्यक्ष विमलेश यादवले बताए ।
उनका अनुसार, धनुषा जिल्लाको दुर्गम क्षेत्र मानिएको कमला नगरपालिकाको दलित वस्ती, विपन्न, सीमान्तकृत वस्तीमा पुगेर कमला युवा सँजालका पदाधिकारीहरुले सल्लाह सहित स्वास्थ्य समाग्रीहरुमा मास्क, सेनिटाईजर समेत वितरण गर्दै आएको छ ।
उनले कमला नगरपालिकाभित्र कोही पनि व्यक्तिलाई अस्पताल जान कठिनाई भए, कोभिडको लक्षण देखिएर चेकजाँच गराउनुपरे वा अन्य कठिनाई भएको बेलामा सेवाको लागि सम्पर्क गर्न आग्रह गरेको हो ।
कमला_युवा_संजाल, धनुषा नेपाल सम्पर्क नम्बर 98096006000 कमला युवा संजाल द्वारा संचालित Covid 19 Response Team लाई निशुल्क डाक्टर परामर्शको लागि सहयोग गर्नु भएका जनकपुर प्रदेशिक अस्पतालमा कार्यरत आदरणीय डाक्टरहरु Dr.Digbijay Thakur (M.B.B.S M.D ) 9845918013 Dr.Ravi Ranjan Pradhan (M.B.B.S M.D ) 9864041308 Dr.Baijnath Thakur (M.B.B.S M.D ) 9803594573 Dr.Amar Nath Thakur (M.B.B.S M.D ) 9803146659 Dr.Reena Sah (M.B.B.S M.D ) 9849456349 Dr.Abhay Mandal (M.B.B.S M.D ) 9841272630 Dr.Rishi Mandal (M.B.B.S M.D ) 9810088305 Mod Narayan Yadav General Medicine 9807851777 ( Covid Response Team ) Bimlesh K Yadav( अध्यक्ष ) 9817607222 Manoj Morbita (उपाध्यक्ष ) 980085559 Israfil Ansari ( कोसाअध्यक्ष) 9804831222 Chandradeep Yadav (महासचिव )9808545185 Bibek Marbita( सचिव ) 9813036789 Shree Narayan Mukheya (सहसचीव)9807654931 Bimal k. Yadav (प्रतिनिधि)9825763637 Jangesh kamat (प्रतिनिधि)9819681955 Sabur k. Mahato (प्रतिनिधि) 9863759379 Mahesh Mandal( सदस्य ) 9804885886 Om Raj Yadav (प्रतिनिधि)9810070017 Omendra yadav (प्रतिनिधि) 9800870914 Sambhu yadav (प्रतिनिधि) 9802319022 Sakal Sah (प्रतिनिधि) 9809686005 Naryan Bhandari (प्रतिनिधि)9819874926 Rahul Mandal (प्रतिनिधि) 9815828941 Chandan k. yadav (प्रतिनिधि)9824816264 Binay k. Yadav (प्रतिनिधि)9815871771 Roshan Mandal (प्रतिनिधि)9800870914 Mithalesh Mandal (प्रतिनिधि)9813483990 Dipendra Mahra (प्रतिनिधि) 9816842600 Ganesh K.Mandal (प्रतिनिधि) +6011-21728500 Shree prasad Mandal(प्रतिनिधि)+97431285923 Full Chan Mandal (प्रतिनिधि) +97431283106 Bhogendra Das (प्रतिनिधि)+97431149833 Sanjit k. Yadav (प्रतिनिधि)+97450352059 Shreedev Sahani (प्रतिनिधि) +971503034166 Dilip K.Mandal (प्रतिनिधि)+97466765148 Kishori Yadav (प्रतिनिधि) +601114435217
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…