यसपाली असोज ३ गते कालो दिवस कसले मनाउने ?
तर, प्रश्न त अब चलिरहन्छः यसपाली कसले कालो दिवस र कसले सँविधान दिवस मनाउने ?

२०७८ जेठ २२ शनिबार, बिहान ८:०६ बजे२ मिनेट पढाइ

सम्पादकीय | उपेन्द्र यादव नेतृत्वको पार्टी सँघीय सरकारमा हुँदा पूर्व राजपा अर्थात राजेन्द्र महतो महन्थ ठाकुर नेतृत्वको पार्टीका कार्यकर्ताहरुले असोज ३ गते कालो दिवस मनाउँदै आएको ज्ञातव्य छ ।
गत वर्ष समेत पूर्व राजपाका समर्थक नेता तथा कार्यकर्ताहरुले असोज ३ गते जनकपुर सहित तराई मधेशको विभिन्न ठाउँमा कालो दिवस मनाएका थिए । उपेन्द्र यादव र महन्थ ठाकुरले सँयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरी सँविधान दिवसमा भाग नलिने जनाएका थिए ।
उता, राजेन्द्र महतो समर्थित युवाहरुले भने असोज ३ गतेलाई कालो दिवसकै रुपमा मनाएका थिए । वि.सं. २०७२ साल असोज ३ गत देशका प्रथम राष्ट्रपति रामवरण यादवले सँविधान जारी गरे । त्यसमा केही बुँदाहरुमा त्रुटि भएको भन्दै र मधेशको हकअधिकार सुनिश्चित नगरेको भन्दै विरोध जनाउँदै आएका थिए ।
केही बर्ष अगाडी सँविधान जारी भएपछि पनि उपेन्द्र यादव केन्द्र सरकारमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री हुँदा उनका समर्थकहरुले सँविधान दिवस मनाएका थिए । यहाँसम्म की प्रदेश २ को सरकारमा बाहुल्यता रहेको तत्कालिन समाजवादी पार्टीले प्रदेशमा सँविधान दिवस मनाएको थियो ।
त्यतिबेला राजेन्द्र महतो नेतृत्वको कार्यकर्ताहरुले भने जनकपुर सहित अन्य ठाउँमा कालो दिवस नै मनाउँदै आएका थिए । गत वर्ष उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी एकतापछि विभेदकारी सँविधानमा भाग नलिने भनेर सँविधान दिवस बहिष्कार गरेको थियो ।
वि.सं. २०७६ सालमा उपेन्द्र यादव नेतृत्वको पार्टीले सँविधान दिवस मनाएको थियो भने राजेन्द्र महतो नेतृत्वको पार्टीले कालो दिवस मनाएको थियो । वि.सं. २०७५ सालमा मन्त्री पदको लोभमा परेका उपेन्द्र यादव नेतृत्वको पार्टी भने तटस्थ बसेका थिए भने २०७६ सालमा तीन दिवसीय कार्यक्रम गरी सँविधान दिवस मनाएका थिए ।
गत वर्ष राजपा र समाजवादी पार्टीको एकता भएपछि दुवै पार्टीले सँविधानको विरोध गर्दै कालो दिवसको रुपमा मनाएका थिए । शुक्रबार उपेन्द्रलाई छाडेर राजेन्द्र महतो र महन्थ ठाकुरले ओली सरकारको मन्त्रीमण्डलमा सहभागी भएपछि सँविधान दिवस मनाउने की कालो दिवस भनेर प्रश्न उठन थालेको छ ।
यसपाली उपेन्द्र यादवले कालो दिवस र राजेन्द्र महतो महन्थ ठाकुर नेतृत्वले सँविधान दिवस मनाए यी सबै नेताहरु आफ्नो व्यक्तिगत स्वार्थकै लागि मात्र सोझासाझा जनतालाई निरन्तर “युज एण्ड थ्रो” गरिरहेको भनेर साबित हुनेछ ।
एक क्वाटर दारु र एक प्लेट मासुको लोभमा सडकमा टायर बाल्न निस्कने कार्यकर्ताहरु पनि यसपाली सर्मिन्दा हुने वा नहुने हेर्न बाँकी छ । यसपाली असोज ३ गतेको निर्णयले नेता र कार्यकर्ताको वजन तय हुनेछ भने सोही निर्णयले दासत्व, चाप्लुस र बिकाउको टयाग पनि लाग्ने तय छ ।
तर, प्रश्न त अब चलिरहन्छः यसपाली कसले कालो दिवस र कसले सँविधान दिवस मनाउने ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…