TikTok मा किशोरी-युवतिहरुको मुखौटा दुरुपयोग, मुखौटा रिप्लेसले ईज्जत नै खतरामा
टिकटकमा अहिले सोही फिचरको भिडियोको बिगबिगी देखिएको छ । युवतिहरुको फेसलाई पोर्न फिल्मकी सनि लियोनी, मिया खालिफा लगायतका अभिनेत्रीहरुसँग मिलाएर भिडियो राखिदिएको देखिएको छ ।
२०७८ जेठ २० बिहीबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । क्षणिक मनोरञ्जनात्मक प्लेटफार्म टिकटकमा अहिले फेस रिप्लेस गरेको सुविधा सहितको भिडियो टन्नै हेर्न पाइन्छ । कुनै किशोरी वा युवतिको मुखौटा अन्य व्यक्तिसँग जोडेर भिडियो हालिएको पाइएको छ ।
टिकटकमा देखिएको यी भिडियो सम्पादन गरि राखिएको देखिएको छ । टिकटकमा व्यस्त रहने किशोरी युवतिहरुको मुखौटा (फेस) लाई विभिन्न व्यक्तिसँग जोडेर भिडियो राख्ने गरिएको छ ।
जसमा केही युवतिहरुको फोटो पोर्न स्टारहरुसँग राखिएको देखिएको छ । टिकटकमा डान्स गर्ने, भिडियो बनाउने किशोरी युवतिहरुको मुखौटा पोर्न फिल्मकी अभिनेत्रीहरुसँग मिलाएर राख्न थालेपछि उनीहरुको प्रतिष्ठा नै खतरामा पर्ने देखिएको छ ।

डिजिटल दुनियाँमा यसलाई टिकटकमा सजिलै लिएपनि कुनै भद्दा भिडियो वा फिल्ममा पनि मुखौटा दुरुपयोग गर्न सक्ने आशँका पनि बढदै गएको छ । उनीहरुको मुखौटा अन्य ठाउँमा प्रयोग गरी दुरुपयोग गर्ने सक्नेछन् ।
टिकटकमा अहिले सोही फिचरको भिडियोको बिगबिगी देखिएको छ । युवतिहरुको फेसलाई पोर्न फिल्मकी सनि लियोनी, मिया खालिफा लगायतका अभिनेत्रीहरुसँग मिलाएर भिडियो राखिदिएको देखिएको छ ।
अहिले मजाकमा लिएको सो भिडियोलाई पछी कसैले गलत भिडियोमा फेस रिप्लेस गरी इन्टरनेटमा अपलोड गर्न सक्ने आशँका बढदै गएकोले यसबाट सावधान हुनु आवश्यक छ । टिकटकमा यस्ता फिचर वा भिडियो सम्पादनले समाजिक बहिष्कार शिकार हुनुपर्ने अवस्था सृजना गर्न सक्ने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…