सवारी दुर्घटना

जनकपुरः पेट्रोल टयाँकरमा मोसाले ठक्कर दिँदा एक युवकको मृत्यू, अर्का गम्भिर 

यता, सहनीको अवस्था गम्भिर रहेको र उनको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताइएको छ ।

२०७८ जेठ २० बिहीबार
दिउसो १२:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको धारापानीमा मोटरसाईकल (मोसा) दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् । 

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित रोकि राखेको तेल टयाँकटरमा तीव्र गतिमा आएको मोटरसाईकलले ठक्कर दिएपछि मोटरसाईकलमा सवार एक जना युवकको मृत्यू भएको र अर्का गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धारापानी स्थित दक्षिण तर्फ रहेको आर्मी ब्यारेक अगाडि रोकि राखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते समेत भएका छन । प्रहरीका अनुसार घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादवको ज्यान गएको छ भने १८ वर्षीय इन्द्रजीत सहनी गम्भीर घाइते भएका छन् ।

घाइते दुबैजनालाई उपचारका लागि धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएका बेला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, सहनीको अवस्था गम्भिर रहेको र उनको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताइएको छ । सहनीको शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

मन्त्री अरगरियालाई धनुषामा कार्यकर्ताले भव्य स्वागत

  • २०७८ जेठ २० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृह जिल्ला धनुषामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका अरगरियालाई प्रादेशिक

पूरा पढ्नुहोस्

Bureau Menus