सबैला नगरपालिकामा धान प्रशोधन उधोग खुल्दै
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा धान प्रशोधन केन्द्र संचालनमा आउने भएको छ । सोमबार सो केन्द्रको शिलान्यास गरिएको छ । प्रदेश नम्बर २ को धनुषाको सबैला नगरपालिकामा नगर प्रमुख बिजय शंकर प्रसाद शाहले प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् । सबैला नगरपालिका स्थित रधुनाथपुर वडा नम्बर १२ मा र

२०७८ जेठ १८ मंगलबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा धान प्रशोधन केन्द्र संचालनमा आउने भएको छ । सोमबार सो केन्द्रको शिलान्यास गरिएको छ ।
प्रदेश नम्बर २ को धनुषाको सबैला नगरपालिकामा नगर प्रमुख बिजय शंकर प्रसाद शाहले प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् ।
सबैला नगरपालिका स्थित रधुनाथपुर वडा नम्बर १२ मा राइस मिलको शिलान्यास गरिएको हो । केन्द्र सरकार र साना किसान कृषी सहकारी संस्था रघुनाथपुरको ५०(५० लाखको संयुुक्त लगानीमा निर्माण हुने भएको हो ।
३ देखि ४ करोड सम्म लगानी लागतको उधोग संचालन हुने मेयर साहले बताए ,वास्तवमा यश उधोग बाट हजारौं किसान लाभदायक हुने मेयर साहले बताए
नगरप्रमुखको बिशेष पहलमा उधोग खुल्न लागेको समाजसेवी बैजु महतोले बताए । सो कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी लगायत स्थानीयको सहभागितामा शिलान्यास गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…