मनकारी युवाहरुको परोपकारी काम
बिटटू पासमान पिसिएमसीका अर्का अभियन्ता हुन । उनी सामाजिक संजाल तथा प्रत्यक्ष फिल्डमै खटेर सहयोग चाहिनेको खोजी गर्छन । टिममै आएर छलफल गर्छन र तत्काल सहयोग पुर्याउन खटिहाल्छन । उनी भन्छन,“अभियानमा १३ जना विद्यार्थीहरु लागेका छौ । हाम्रो काम देखेर थप युवाहरु जोडिन चाहिरहेका छन । अझै हामीहरुले सकेजति सहयोग गर्ने प्रतिवद्धताका साथ लागिरहे छौ । सहयोग आईरहे अभियानले निरन्तरता पाईरह्ने छ । ”

२०७८ जेठ १५ शनिबार, बिहान ८:२० बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । दोस्रो भेरिएन्टको कोरोनाले जडो गाड्न थालेपछि भारत र नेपालका सवै शैक्षणिक संस्थाहरु बन्द भए । नेपाल तथा भारतका विभिन्न कलेजहरुमा पढ्न गएका जलेश्वर र वरिपरिका विद्यार्थीहरु पठन पाठन बन्द भएपछि घर फर्किसकेका थिए । घरमै उनीहरुले केहि समय अनलाईन कक्षामा समावेश भएपछिको समय सदुपयोग गर्ने अन्य केहि थिएन ।
बाहिरबाट फर्केका र आफनै ठाउमा अध्ययनमा समय व्यतित गरिरहेका युवाहरुले बचेको समयको सदुपयोग गर्ने तरिका खोजे र सुरु गरे अस्पतालमा रहेका विरामीहरुलाई खाना खुवाउन ।
जलेश्वर अस्पतालमा कोभिडका विरामीहरुलाई अक्सिजन सहितको उपचार सुरु भैसकेपछि विरामी र विरामीका कुरुवाहरुलाई लकडाउनकै कारण खाना खान समस्या भैरहेको देखेर युवाहरुले तिनैलाई खाना खुवाउने निश्चय गर्दै अभियान सुरु गरे ।
सोहि वेला जनकपुरमै समेत महामारी नियन्त्रण र व्यवस्थापन समिति(पिसिएमसी) युवाहरुले गठन गरि अस्पताल तथा सडकमा र अन्यत्र भोकाएकाहरुलाई खाना खुवाउने र उनीहरुसंग हुने सवै प्रकारको सहयोग गर्न सुरु गरिसकेका थिए ।
तिनै युवाहरुले जलेश्वर र वरिपरिका युवाहरुलाई हौस्याए र महोत्तरीमै समेत यस्तो सेवा सुरु गर्न प्रेरित गरे । पहिले देखि नै पेन्डेमिक समयमा केहि गरौ भनेर सोच वनाएका युवाहरुले धनुषाका युवाहरुको साथ र हौसला पाएपछि र महोत्तरीकै युवा कुन्दन झाले आफुले आर्थिक सहयोग गर्ने वताएपछि जलेश्वरमै युवाहरुले महामारी नियन्त्रण र व्यवस्थापन समिति (पिसिएमसी) गठन गरेर अभियानको सुभारम्भ गरे ।

बिहिवार अभियानको दश दिन पुरा गरिसकेको युवाहरुले चारसय भन्दा वढीलाई नास्ता र खाना खुवाईसकेका छन । बिहान नास्ता र वेलुका खानाको दैनिक बन्दोबस्त गरिरहेका पिसिएमसी महोत्तरीका युवाहरु जलेश्वर अस्पतालमा कोभिड वार्डमा भर्ना भएका विरामी,तिनका कुरुवा र कोभिडमा खटेका स्वास्थ्यकर्मीहरुलाई नियमित खानाको बन्दोवस्त गर्दै आएका छन ।
एकजनाले आर्थिक सहयोग गरेर युवाहरुले सुरु गरेको अभियानमा अहिले केहि गोप्य दान तथा केहि व्यक्तिले खुल्ला रुपमै आर्थिक सहयोग गरेर अभियान चलाउन सघाईरहेको पिसिएमसीका अभियन्ता विष्णु गुप्ता बताउछन । अभियानमा खाना बनाउने स्थान भने जलेश्वरका स्थानिय युवा व्यवसायी अजय चौधरीले उपलब्ध गराएका छन ।
उनले उपलब्ध गराएको ठाउले अभियान संचालनमा निक्कै सहयोग पुगेको युवाहरु बताउछन । साथै जलेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वरुण दाहालले समेत सकेजति सवै सहयोग गर्दै आएका छन । उनले अभियान नरोकिने गरि आवश्यक सवै सहयोग जुटाउदै आएका हुन ।
सुरुमा केहि दिन भान्से राखेर नै अभियान चलाएका युवाहरुले भान्सेको आर्थिक भार वढेको र अन्य केहि कठिनाई आएपछि हाल आफै नास्ता र खाना तयार गरिरहेका छन । अर्का अभियन्ता बादल साहले अनलाईन क्लास वाहेकको समयमा कोरोना विरुद्धको लडाईमा सहयोग गर्न पाउदा अत्यधिक खुशी लागेको बताउछन । उनी भन्छन,“पहिले अस्पतालमा खाना र नास्ता पुर्याएर थप नास्ता र खाना बोकेर बाईकमै नगर घुम्छौ । जलेश्वरनाथ महादेव मन्दिर तथा सडकमै भेटिनेलाई खाना खुवाउछौ । यो आफुहरुको जिवनको ठुलो काम र सिकाई समेत हो । त्यही नास्ता र खाना वाडेर भोकोको भेक मेटाउन पाउदा खुशी भएर जव तिनीहरुले आशिर्वाद दिन्छन त्यती वेला लाग्छ यो भन्दा पुन्यको काम अन्य हुनै सक्दैन । ”
बिटटू पासमान पिसिएमसीका अर्का अभियन्ता हुन । उनी सामाजिक संजाल तथा प्रत्यक्ष फिल्डमै खटेर सहयोग चाहिनेको खोजी गर्छन । टिममै आएर छलफल गर्छन र तत्काल सहयोग पुर्याउन खटिहाल्छन । उनी भन्छन,“अभियानमा १३ जना विद्यार्थीहरु लागेका छौ । हाम्रो काम देखेर थप युवाहरु जोडिन चाहिरहेका छन । अझै हामीहरुले सकेजति सहयोग गर्ने प्रतिवद्धताका साथ लागिरहे छौ । सहयोग आईरहे अभियानले निरन्तरता पाईरह्ने छ । ”
युवाहरुले खाना र नास्ता खुवाउने मात्र नभई विहिवार जलेश्वर नगरपालिका १२ थरुवाहीमै एक अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री समेत वितरण गरेका छन । परिवारमा कमाउनेको रोगले नै मृत्यु भैसकेको र अन्य कोहि कमाउने नभएपछि भोकले छटपटिएको परिवारलाई पिसिएमसीले गरेको खाद्यान्न सहयोग अमुल्य रहेको थरुवाहीकै स्थानियहरुले वताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराई समेत युवा विद्यार्थीहरुको परोपकारी भावना देखेर आफु निक्कै खुशी भएको वताउछन । उनी युवाहरुको अभियान नजिकैबाट नियालिरहेको बताउदै महोत्तरीमा अझै यस्ता परोपकारी युवाहरु र अभियन्ताहरुको आवश्यक्ता रहेको बताउछन । उनी कोरोना पेन्डेमिकका वेला लकडाउनको बाध्यता र सोहि बाध्यताले सृजना गरेको अभावको समय यस्तै युवाहरुले सहयोग गरे हामी महोत्तरीमा र देशमै कोरोनालाई पराजित गरेरै छाड्ने वताउछन ।
महोत्तरीको बर्दिवासमै समेत फुड बैंक संचालन गरेर युवाहरुले यस्तै परोपकारी कार्य गरिरहेका छन । बर्दिवासमा एक हजार दुईसय भन्दा वढी पोका खाना बाडिसकेको फुड बैंकले दैनिक ज्यालादारी गरेर खानेहरु लकडाउनकै कारण काम नपाएर घरमै वस्नु पर्दा अभाव झेलिरहेकोमा तिनीहरुलाई खाना उपलब्ध गराएर सघाईरहेका छन । फुड बैंकको अभियानमा स्थानिय व्यवसायीहरुका साथै माननिय शारदा थापाले समेत सहयोग गरिरहेकि छिन ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…