विवेकशिल साँझा पार्टीका नेता उज्जवल थापाको अवस्था गम्भिर
थापाले निरन्तर सरकारको प्रणालीसँग, सरकारसँग जनताको तर्फबाट आन्दोलन गरेको र आन्दोलन गर्ने शैली सिकाएको बताइन्छ ।

२०७८ जेठ १४ शुक्रबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्थास्थ्य अवस्था गम्भीर भएको जनाइएको छ ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमार्फत उनको अवस्था गम्भीर रहेकाले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
“केही दिनअघि उज्ज्वल दाइलाई कोरोनाभाइरसको संक्रमण भयो । उहाँको उपचार ह्याम्स काठमाडौंमा सुरु भयो र त्यसपछि ग्रान्डी अस्पताल रेफर गरिएको थियो र, शुक्रबार उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ ।
अहिले उहाँको अवस्था निकै जटिल रहेको छ । हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ । अहिले हामीलाई सबैभन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ,” पाण्डेले भनेका छन् ।
थापाको उपचारको लागि परिवारको अनुमतिमा सहयोगको अपिल पनि गरिएको छ । थापाले निरन्तर सरकारको प्रणालीसँग, सरकारसँग जनताको तर्फबाट आन्दोलन गरेको र आन्दोलन गर्ने शैली सिकाएको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…