जनकपुरमा उपेन्द्र यादव सहित विपक्षी गठबन्धनको पुतला फुकिए
जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय कार्यकर्ताले भने दिपावली गरेर अध्यादेशको स्वागत गरेका थिए ।

२०७८ जेठ १२ बुधबार, बिहान ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता सम्बन्धी अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा विपक्षी गठबन्धनका नेताहरूको पुत्ला जलाइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधामको जनक चोकमा जसपा अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेबाट निष्कासित नेता माधवक्मार नेपाल र नेकपा माओावादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो ।
पुतला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको बताए ।
जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय कार्यकर्ताले भने दिपावली गरेर अध्यादेशको स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…