धनुषाधाममा महासँघ पदाधिकारीहरुलाई सम्मान
विनय कुमार यादव || धनुषा, २३ फागुन । धनुषाको धनुषाधाम नगरपालिकाले पत्रकार महासँघका पदाधिकारीहरुलाई सम्मान गरेको छ । धनुषाधामन नगरपालिकाले दुई दिन देखि जनकपुरमा जारी रहेको नेपाल पत्रकार महासँघ केन्द्रीय कार्य समितिको बैठकलाई मध्यनजर गर्दै आज दोस्रो दिन धनुषाधाममा सम्मान गरेको हो । नगरपालिकाका मेयर बा

२०७४ फागुन २३ बुधबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
धनुषा, २३ फागुन । धनुषाको धनुषाधाम नगरपालिकाले पत्रकार महासँघका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
धनुषाधामन नगरपालिकाले दुई दिन देखि जनकपुरमा जारी रहेको नेपाल पत्रकार महासँघ केन्द्रीय कार्य समितिको बैठकलाई मध्यनजर गर्दै आज दोस्रो दिन धनुषाधाममा सम्मान गरेको हो ।
नगरपालिकाका मेयर बालेश्वर मण्डलले आफू उपस्थित हुन नसकेपनि केन्द्रीय पदाधिकारी सहित जिल्ला शाखाका पदाधिकारी तथा पत्रकारहरुलाई सम्मान गरिएको हो ।
दुई दिनको जनकपुर बैठक सकिएर धनुषाधाम पुगेका केन्द्रीय पदाधिकारीहरुलाई धनुषाधाम वनमा भोजको व्यवस्था समेत गरिएको थियो ।
उनीहरुले धनुषाधामको ऐतिहासिक धनुष मन्दिरमा दर्शन पूजा समेत गरेको न्यूज ब्यूरो सहकर्मी विनय कुमार यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…