कोरोनाकालका फ्रंट लाइनर युवा राकेश विक्रमको टिम गर्दै सँक्रमितको शव व्यवस्थापन
हामी भेन्टिलेटरको उपायमा थियौ यसैबीच शनिबार अंकल ले प्राण त्यागे पहिला उपचारको लागि सबैसँग सहयोग माग्दै थियो अब शव कसरी लैजाने त्यो चिन्ता थपिए

२०७८ जेठ ९ आइतबार, बिहान ११:१२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यतिबेला मुलुकमै कोरोनाको महामारी फैलिएको छ संक्रमित बिरामीलाई कोहीले भेट्न पनि चाहदैनन् कयौं संक्रमितलाई घरपरिवारकै सदस्यले अस्पताल र बाटोमै अलपत्र छाडेर भाग्ने गरेको समाचार बाहिर आइरहेको छ ।
यस्तो भीषण परिस्थितिमा पनि केही युवाले अभियानताले आफ्नो ज्यानको बाजी थपेर संक्रमित बिरामीहरुलाई एवं दैनिक ज्यालादारी गरि गुजारा गरिने तर निषेधाज्ञाका कारण कामकाज ठप्प रहेको अव्यवस्थामा समस्यामा परेका घरपरिवारलाई सहयोगमा जुटेका छन् ।
त्यस्तै युवा मध्ये एक हुन् जनकपुरका एकजना युवा नेता राकेश विक्रम साह उनी पहिलो चरणकै कोरोनाकाल देखि सक्रिय भुमिकामा रहेर सहयोग गर्दै आएका छन् ।
यसैबीच शनिबार जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना भइ उपचाररत रहेका लक्षमिनिया गाउँपालिका वडा नं ४ सपहि बस्ने ६० वर्षीय रामप्रसाद ठाकुर कोरोनाको कारण मृत्यु भएपछि मृतकको सव व्यवस्थापन गर्ने जिम्मा पनि राकेश विक्रम साहको टिमले लियो ।
अन्तिम दाहसंस्कार गर्ने ठाउँ जनकपुरमै गंगासागर स्थित स्वर्ग द्वारसम्म पुर्याएदिएपछि परिवारजनले परम्परा अनुसार दाहसंस्कार गरियो ।
रामप्रसाद ठाकुरलाई केहि दिन पहिले सामान्य ज्वोरो आएको पछि उनको स्वास्थ अवस्था बिग्रेपछि उपचारको लागि बाहिर लैजाने योजना बनाए र उपचारको लागि जनकपुरको स्वास्तिक अस्पतालमा लगे ।
त्यहाँ पुग्दा दैनिक बेड चार्ज पन्ध्र हजार तिर्नुपर्ने र अक्सिजन सिलेन्डर पनि आफैं ल्याउनुपर्ने भनेपछि मृतक रामप्रसाद ठाकुर छोराका साथी निरंजन साहले प्रादेशिक अस्पताल पुगे त्यहापुगेपछि बेड खाली छ र अक्सिजन पनि उपलब्ध रहेको थाहा पाएपछि मंगलबार प्रादेशिक अस्पताल भर्ना गराए ।
“अस्पताल भर्ना भएको २ दिनपछि सुधार हुनुको सट्टा स्वास्थ अवस्था बिग्रीन थाले सामान्य बेडमा नभई भेन्टिलेटरमा राख्ने अवस्था आयो तर त्यहाँ भेन्टिलेटर खाली छैन डाक्टरले भने त्यसपछि सिडियो लाई फोन लगाए सिडियो साहबले त्यही डाक्टरलाई भन्नुस् डाक्टरलेनै कुनै उपाय लागाउछ तर यहाँ कसैले मेरो कुरालाई सुनिएन त्यसपछि फेरि सयौं पटक सिडियोलाई फोन गरेतापनी फोन उठाउनु भएन ।”– राकेश विक्रमले भने ।
हामी भेन्टिलेटरको उपायमा थियौ यसैबीच शनिबार अंकल ले प्राण त्यागे पहिला उपचारको लागि सबैसँग सहयोग माग्दै थियो अब शव कसरी लैजाने त्यो चिन्ता थपिएको उनले सुनाए ।
फेरि एकजना साथीले भनियो सव उठाउनको लागि जिल्ला प्रशासन कार्यलयमा निवेदन दिएपछि सिडियोले शव व्यवस्थापन गर्न लगाउछ मैले निवेदन लिएर जिल्ला प्रशासन कार्यलय पुगे त्यहाँ कार्यलय बन्द थियो फेरि सिडियोलाई शव व्यवस्थापनको लागि निवेदन लिएर आएको छु भन्दै सिडियोलाई फोन गरे सिडियोले निवेदन पर्दैन अस्पतालमा खटिएको प्रहरीलाई भन्नुस् भनेर जवाफ फर्काए म फेरि अस्पताल आए निरंजन साहले बताए ।
“अस्पताल पुगेर ड्युटीमा खटिएका प्रहरी हवलदारलाई सबै कुरा भनियो सिडियोको आदेश बिना हामी केहि गर्न सकिदैन प्रहरीले जवाफ दिए अहिलेसम्मको प्रक्रिया यही हो त्यसपछि शायद प्रहरीलेनै राकेश विक्रम साहलाई जानकारी गराएपछि राकेश दाजुको टिम आयो र सव बाहनमा राखेर स्वर्ग द्वार सम्म दाहसंस्कारको लागि पुर्याएदिए”– उनले थपे ।
हामीलाई प्रादेशिक अस्पताल बाट एउटा शव व्यवस्थापन गरदिनु पर्यो भनेर फोन आयो त्यसपछि राराब कलेजका नेविसंघ र क्विक रेस्पोन्स टिमका साथीहरू जितेन्द्र साह,संजय कुमार साह लिएर त्यहाँ पुगे अब शव उठाउन पिपिइ चाहिन थियो ।
पछि एकजनाले दाइ सुनिल झाले पिपिइ र दाइ सुमन्त कर्णले शव बाहन पठाइदिएपछि हाम्रो टिमका तीन जना र एक मृतककै छोरा चारै जना मिली अस्पतालबाट शव ल्याएको राकेश विक्रमले बताए ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…