बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको

२०७८ जेठ ८ शनिबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बाँके । बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष छन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…