सँसद विघटन षडयन्त्र र सेटिंगमा अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी राजनीतिक कुकर्म : मेयर बरबरिया
उनले गत वर्षको पुस ५ गते गरिएको सँसद विघटनको विरोधमा जसरी नागरिक र प्रतिनीधिहरु एकजुट भएर प्रतिगमनकारी र अलोकतान्त्रिक कदमको विरोध गरे त्यसै अनुरुप उनको दम्भको आँकलन भइसेको बताउँदै अब प्रतिगमनकारीहरुको दिन समाप्त हुन लागेको बताए ।

२०७८ जेठ ८ शनिबार, बिहान ११:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीले मध्यरातमा गरेको सँसद पुनः भँगपछि धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले षडयन्त्र, सेटिँगमा अलोकतान्त्रिक, असँवैधानिक र प्रतिक्रान्तीकारी राजनीतिक कुकर्मको सँज्ञा दिएका छन् ।
सँविधानलाई समाप्त पार्न रचिएको षडयन्त्रकारी प्रपँच अनुरुप नै गत पुस ५ गतेलाई पुन दोहरयाएको आरोप लगाउँदै उनले सँघीयता खारेजीको लागि ठुलो प्रपँच मात्र भएको बताएका छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि पेश गरेको दाबी नपुग्ने भन्दै शुक्रबार राति राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।
त्यसलगत्तै मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिश गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी २६ कात्तिक र ३ मंसिरमा चुनाव घोषणा गरेपछि यसलाई सँघीयता खारेजीको प्रपँच रचिएको प्रतक्रिया दिएका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका मेयर बरबरियाले दोस्रो पटक संविधानसभा विघटन गरेपछि आफ्नो प्रतिक्रिया दिँदै अलोकतान्त्रिक र असँवैद्यानिक कदमलाई नै निरन्तरता दिएको भन्दै अब एकजुट भएर सँविधान बचाउन लाग्नुपर्ने बताए ।
आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको बताउँदै उनले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको आरोप लगाए ।
उनले गत वर्षको पुस ५ गते गरिएको सँसद विघटनको विरोधमा जसरी नागरिक र प्रतिनीधिहरु एकजुट भएर प्रतिगमनकारी र अलोकतान्त्रिक कदमको विरोध गरे त्यसै अनुरुप उनको दम्भको आँकलन भइसेको बताउँदै अब प्रतिगमनकारीहरुको दिन समाप्त हुन लागेको बताए ।
नेपालको राजनीतिमा गैर सँवैधानिक र अलोकतान्त्रिक प्रक्रिया मार्फत राजनीतिक कुकर्मलाई दोहरयाएर देशको राजनीतिक इतिहासमा दाग लगाएको मेयर बरबरियाले बताए । उनले सबैलाई अब एक जुट भएर यस्ता प्रतिगमनकारी तत्वलाई नफाले देश दुर्घटनामा पर्ने भन्दै एकजुट हुन आग्रह पनि गरे ।
देशमा महामारीको बेला नागरिकले अक्सिजन, औषधी र अस्पतालको अभाव झेलिरहेको बेला, दिनानुदिन सयौं नागरिक ज्यान गुमाइरहँदा राष्ट्रपति र प्रधामन्त्रीले गरेको खेलले देश झन पछाडी धकेलिएको बताए ।
उनले देशमा महामारी हुँदा राजनीतिक लाभको लागि गरिएको इतिहासमाथिको खेलवाडलाई नेपाली जनताले कहिल्यै माफ नगर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…